ad ad

राजनीति


नयाँ राजनीतिक दलमा आन्तरिक लोकतन्त्र कुण्ठित छ : सांसद पौडेल

नयाँ राजनीतिक दलमा आन्तरिक लोकतन्त्र कुण्ठित छ : सांसद पौडेल

नेपालखबर
असार ८, २०८१ शनिबार २०:१४, काठमाडौँ

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नयाँ राजनीतिक दलले आन्तरिक लोकतन्त्रको अभ्यास गर्न नसक्ने बताएका छन्।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आन्तरिक व्यवस्थाको सन्दर्भमा अरुसँग तुलना गर्दा कांग्रेस बढी लोकतान्त्रिक रहेको पनि बताए। 

नयाँ आएको राजनीतिक दल आन्तरिक लोकतन्त्र विकसित गर्ने नभइ आन्तरिक लोकतन्त्रलाई अभ्यास नै नगर्ने गरी आएको उनको जिकिर थियो। 

सम्पूर्ण रूपमा लोकतन्त्रलाई कुण्ठित गरिएको नेतृत्वको पञ्जाभित्र नयाँ पार्टी रहेको बताउँदै सांसद पौडेलले नेतृत्वले नियन्त्रण गरेको पार्टी कांग्रेस हुनु नहुने पनि बताए।

‘नेपालको राजनीतिमा कांग्रेससँग कुनैपनि राजनीतिक दलको तुलना हुन सक्दैन। आन्तरिक व्यवस्थाको सन्दर्भमा अरुसँग तुलना गर्दा काँग्रेस बढी लोकतान्त्रिक छ। नयाँ आएको पार्टी त आन्तरिक लोकतन्त्र विकसित गर्ने होइन, आन्तरिक लोकतन्त्रलाई अभ्यास नै नगर्ने गरी आएको जस्तो देखिन्छ,’ उनले भने, ‘नयाँ आएको राजनीतिक पार्टीमा त्यो पार्टीको नेतृत्वले गल्ती गरे तैँले गल्ती गरिस् भनेर भन्ने आँट कसैको पनि हुँदो रहेनछ। त्यसैले सम्पूर्ण रुपमा लोकतन्त्रलाई कुण्ठित गरिएको नेतृत्वको पञ्जाभित्र पार्टी रहेको, नेतृत्वले नियन्त्रण गरेको पार्टी कांग्रेस हुनु हुँदैन। त्यसकारण हामीले आन्तरिक व्यवस्थाभित्र विधि बलियो हुनेगरी आफूलाई अघि बढाउन सक्नुपर्छ।’

सांसद पौडेलले नेपाली कांग्रेसले सुशासनको बारेमा स्पष्ट दृष्टिकोण दिन सक्नुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .