ad ad

राजनीति


आर्थिक विकास केन्द्रित कुटनीति अगाडी बढ्दैछ : परराष्ट्रमन्त्री श्रेष्ठ

आर्थिक विकास केन्द्रित कुटनीति अगाडी बढ्दैछ : परराष्ट्रमन्त्री श्रेष्ठ

नेपालखबर
जेठ १३, २०८१ आइतबार १७:१६, काठमाडौँ

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले आर्थिक विकास केन्द्रित कुटनीति अगाडी बढाउने बताएका छन्। 

आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री श्रेष्ठले आर्थिक विकास केन्द्रित कुटनीति अगाडी बढ्दै गरेको बताएका हुन्। उनले आफू परराष्ट्र मन्त्रालयमा आएसँगै बन्द रहेका चीन सँगका १४ वटा परम्परागत व्यापारिक नाकाहरू खुला भएको पनि बताए। 

त्यस्तै नेपालीहरू चीन जान भिसा निःशुल्क भएको पनि उनले बताए। 

‘कोभिड अगाडीदेखि नै बन्द रहेका १४ वटा परम्परागत व्यापारिक नाकाहरु खुला भए। त्यस्तै नेपालीहरुलाई चीन जान भिसा निःशुल्क भएको छ। अरुपनि थुप्रै कामहरु भएको छ। अरु देशहरुसँग पनि अब हाम्रो आर्थिक विकास केन्द्रित कुटनीति अगाडी बढ्दैछ,’ उनले भने। 

उनले आफूले परराष्ट्र मन्त्रीको रुपमा गर्नुपर्ने कामहरू अगाडी बढाइरहेको पनि बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .