ad ad

राजनीति


बजेट ल्याउनुअघि मन्त्रिपरिषद्को बैठक बस्दै

बजेट ल्याउनुअघि मन्त्रिपरिषद्को बैठक बस्दै

फाइल तस्बिर


नेपालखबर
जेठ १५, २०८१ मंगलबार १०:२४, काठमाडौँ

बजेट ल्याउनुअघि मन्त्रिपरिषद्को बैठक बस्दै छ। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ। 

सरकारले आज आर्थिक वर्ष २०८१/०८२ को बजेट संसदमा प्रस्तुत गर्दै छ। संसद्‍मा प्रस्तुत गरिने बजेट स्वीकृतिको लागि मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। 

आज दिउँसो १ बजे बस्ने संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्ने कार्यक्रम छ।

मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्रीले बजेटका प्राथमिकताबारे ब्रिफिङ गर्ने कार्यक्रम छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .