ad ad

राजनीति


बजेटबाट निजी क्षेत्र उत्साहित हुनुपर्ने अवस्था छैन : अर्थविद् डा.पौडेल

बजेटबाट निजी क्षेत्र उत्साहित हुनुपर्ने अवस्था छैन : अर्थविद् डा.पौडेल

नेपालखबर
जेठ १८, २०८१ शुक्रबार १७:११, काठमाडौँ

अर्थविद् डा. विश्वनाथ पौडेलले सरकारले ल्याएको बजेटबाट निजी क्षेत्र उत्साहित हुनुपर्ने अवस्था नभएको बताएका छन्।

शुक्रबार काठमाडौँमा स्कुल अफ डेमोक्रेसीले आयोजना गरेको मुलुकको आर्थिक अवस्था र बजेट समीक्षा विषय कार्यक्रममा बोल्दै उनले सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्नेगरी सुधारका कुनैपनि नीति नल्याएको बताए। 

सरकारले ल्याएको नयाँ सुधारको नीतिले नयाँ उद्योग थप्न सक्ने अवस्था नदेखिएको बताउँदै उनलेसरकारले ल्याएको बजेटमा नयाँ कुराहरू केही नभएको बताए। 

सुधारका कुरामा विगतका बजेटमा मन्त्रालयगत, नयाँ सुधार योजना हुँदा स्पष्ट गरिने तर अहिलेको बजेटमा सुधारका योजना नभएको पनि उनले बताए। मुख्य ड्राइभर भनेर हेर्ने भौतिक पूर्वाधार र सहरी विकासमा बजेट बढेको पनि त्यहाँ खल्तीका योजनाहरु आउने गरी बजेट ल्याइएको उनले बताए।

‘सरकारले ल्याएको बजेटमा नयाँ कुराहरू केही छैन। सुधारका कुरामा विगतका बजेटमा मन्त्रालयगत,नयाँ सुधार योजना हुँदा स्पष्ट गरिन्थ्यो। त्यो भएकाले मुख्य ड्राइभर भनेर हेर्ने भौतिक पूर्वाधार र सहरी विकासमा बजेट बढेको छ। त्यहाँ खल्तीका योजनाहरू आउने डर छ। त्यो भयो भने खर्च हुँदैन। कृषि, शिक्षा र स्वास्थ्यको बजेटको प्रतिशत घटेको छ। निजी क्षेत्र बजेटबाट उत्साहित हुनुपर्ने आवश्यकता छैन। कुन नीतिले उद्योग क्षेत्रमा नयाँ उद्योग थप्ने त्यो देखिएको छैन,’ उनले भने।

उनले  भौतिक र शहरी मन्त्रालयमा बढाएको बजेट खर्च हुने अवस्था नदेखिएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .