ad ad

राजनीति


संघीयताको मर्मअनुसार प्रदेशले अधिकार पाएन : मुख्यमन्त्री पाण्डे

संघीयताको मर्मअनुसार प्रदेशले अधिकार पाएन : मुख्यमन्त्री पाण्डे

नेपालखबर
जेठ १९, २०८१ शनिबार २१:३६, लेखनाथ (कास्की)

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीयताको मर्मअनुसार प्रदेशले अधिकारप्राप्त नगर्दा सीमित स्रोतसाधनमा काम गर्नुपर्ने बाध्यता रहेको बताएका छन्। 

सार्वजनिक तथा सामुदायिक पुस्तकालयहरूको गण्डकी प्रदेशस्तरीय दुईदिने सम्मेलनको आज पोखरामा उद्घाटन गर्दै उनले अझै पनि राजनीतिक र वित्तीय सङ्घीयता लागू हुननसकेको बताए। 

उनले आर्थिक स्रोतको अभावका कारण पुस्तकालयलाई मन फुकाएर सहयोग गर्न नसकेको बताए। 

‘सार्वजनिक पुस्तकालयलाई बचाउनुपर्छ भनेर बौद्धिक जगत् लागेको छ तर प्रदेश सरकारले अधिकारप्राप्त गर्न नसक्दा जुन रूपमा आर्थिक सहयोग गर्न सकिन्थ्यो त्यो सहयोग गर्न सकिएको छैन’, उनले भने। 

प्रविधिको विकासले सबैका हातहातमा मोबाइल हुँदा पुस्तकालयमा पुगेर पढ्नेको सङ्ख्या घट्दो क्रममा रहेकाले अब पुस्तकालयलाई प्रविधियुक्त बनाउन लाग्नुपर्ने धारणा राखे।

कार्यक्रममा गण्डकी प्रदेशका ऊर्जा तथा जलस्रोत एवं सामाजिक विकासमन्त्री बिन्दुकुमार थापाले प्रदेशमा सार्वजनिक पुस्तकालय सञ्चालनका लागि मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाए।

पुस्तकालयसम्बन्धी ऐन, कानुन निर्माण गर्न आफू सधैँ सक्रिय रहेको बताउँदै मन्त्री थापाले शैक्षिक संस्थामा सञ्चालित पुस्तकालयलाई थप व्यवस्थित बनाउनुपर्नेमा जोड दिए।
 
पोखरा सार्वजनिक पुस्तकालयका अध्यक्ष प्राडा विश्व श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा दीपशिखा सामुदायिक पुस्तकालय पोखराका अध्यक्ष्य कृष्णप्रसाद भण्डारीले स्वागत मन्तव्य राखेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .