ad ad

राजनीति


संसद्‍का दुवै सदनको बैठक बस्दै, बजेटमाथि छलफल हुने कार्यसूची

संसद्‍का दुवै सदनको बैठक बस्दै, बजेटमाथि छलफल हुने कार्यसूची

फाइल तस्बिर


नेपालखबर
जेठ २०, २०८१ आइतबार ७:१२, काठमाडौँ

संघीय संसद् अन्तर्गत आज दुवै सदनको संयुक्त बैठक आज बस्दैछ। जसअनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे शुरु हुनेछ।

आजको प्रतिनिधिसभा बैठकमा जेठ १५ गते संसदमा प्रस्तुत भएको राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री वर्षमान पुनले पेश गर्ने सम्भावित कार्यसूची रहेको छ। 

त्यसपछि राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डले जारी गरेको सूचनामा उल्लेख छ।

त्यसैगरी राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे सुरु हुनेछ। राष्ट्रियसभामा पनि राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुने कार्यसूची छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .