ad ad

राजनीति


देउवासँग तीन घण्टा बसेका प्रचण्ड र ओलीलाई भेट्न माधव नेपाल सिंहदरबारमा

देउवासँग तीन घण्टा बसेका प्रचण्ड र ओलीलाई भेट्न माधव नेपाल सिंहदरबारमा

नेपालखबर
जेठ २१, २०८१ सोमबार १६:१२, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भेटवार्ता भएको छ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा तीन नेताहरुबीच भेटवार्ता भएको हो।

भेटवार्तामा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल भएको बताइएको छ। 

बालुवाटारमा तीन शीर्ष राजनीतिक दलका नेताहरू (प्रचण्ड, ओली र देउवा) बीच करिब तीन घण्टाको भेटपछि अध्यक्ष नेपालसँग पनि भेट भएको हो।

बालुवाटारमा प्रधानमन्त्री दाहाल, अध्यक्ष ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेट भएको थियो।

लगत्तै सिंहदरबारमा प्रधानमन्त्री, ओली र नेपालबीच भेट भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .