ad ad

समाज


गोदावरीका मेयर महर्जनसहित १४ जनाविरुद्ध १ अर्ब ४ करोडको भ्रष्टाचार मुद्दा

गोदावरीका मेयर महर्जनसहित १४ जनाविरुद्ध १ अर्ब ४ करोडको भ्रष्टाचार मुद्दा

नेपालखबर
जेठ २१, २०८१ सोमबार १६:२६, काठमाडौँ

ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

लतिलपुरको लेले र नल्लुखका ढुंगाखानीबाट ढुंगा उत्खनन गर्ने क्रममा भ्रष्टाचार भएको भन्दै उनीहरूविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो। 

उनीहरूमाथि १ अर्ब ४ करोड बिगो मागदाबीसहितको आरोपपत्र दायर भएको छ। उक्त अनियमितताको आरोपमा सोमबार ५ वटा मुद्दा पेस भएको छ। 

उनीहरूविरुद्ध राज्यलाई हानीनोक्सानी गरेर खानीलाई फाइदा पुर्‍याएको आरोप छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .