ad ad

राजनीति


कृषिमन्त्री साहको गुनासो : कर्मचारीको व्यवहारले दिक्क बनायो

कृषिमन्त्री साहको गुनासो : कर्मचारीको व्यवहारले दिक्क बनायो

फाइल फोटो


नेपालखबर
जेठ २१, २०८१ सोमबार २०:४०, काठमाडौँ

कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले मातहतका कर्मचारीको व्यवहार देखेर आफूलाई दिक्क लाग्ने गरेको गुनासो गरेकी छन्।

मन्त्री साहले कर्मचारीहरुबीच एकले अर्कालाई आक्षेप मात्रै लगाउने गरेको पाइएको उल्लेख गर्दै त्यसो नगर्न पनि सचेत गराइन्।

विश्व खाद्य स्वच्छता दिवसका अवसरमा उनले मन्त्रालयलाई नमूनायोग्य मन्त्रालयको रुपमा विकास गर्नेगरी काम गर्न पनि मातहतका कर्मचारीलाई निर्देशन दिइन्।

कुनै बद्नामी नहुने गरी कर्मचारीहरुले काम गर्नुपर्ने मन्त्री साहको भनाई थियो। उनले कर्मचारीहरुले आफू कार्यरत निकायमा बदनामी हुने खालको कुनैपनि गतिविधि गर्न नहुने बताइन्।

मन्त्री साहले भनिन्, ‘हामी हामीमा नै फलाना खत्तम, ऊ खत्तम। मैले यो भन्दा अरु सुनेकै छैन मन्त्रालयमा। प्रगतिको कुरा सुनेकै छैन। यो फलानालाई बनाउनु हुँदैन है, खराब छ। अर्को आयो, त्यो खराव छ भन्छ। ए बाबा, कति सुन्नु यस्ता गुनासाहरु? सुन्दासुन्दै दिक्क, वाक्क लाग्छ। कस्तो मन्त्रालय रहेछ भनेजस्तो पनि लाग्न थालिसक्यो। कृषि मन्त्रालय कस्तो रहेछ? विभागहरु कस्तो रहेछ? यस्तो पनि लाग्न थालेको छ मलाई।’

मन्त्री साहले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आफ्नो परीक्षणको कामलाई प्रभावकारी बनाउनुपर्ने बताइन्।

सो अवसरमा मन्त्री साहले नेपाल फुड एण्ड फिड इण्डस्ट्री लाइसेन्सिङ सिस्टम (एनइएफएफआईएलएस) सफ्टवेयरको शुभारम्भ समेत गरिन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .