ad ad

राजनीति


बालेनलाई एमालेले भन्यो– तबलाको धुनमा काम गर्नुस् भन्यौँ तर संयम गुमाउनुभयो

बालेनलाई एमालेले भन्यो– तबलाको धुनमा काम गर्नुस् भन्यौँ तर संयम गुमाउनुभयो

नेपालखबर
जेठ २२, २०८१ मंगलबार १३:१०, काठमाडौँ

नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन)ले संयम गुमाउँदै गएको बताएका छन्। 

मंगलबार प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै सचिव भट्टराईले मेयर साहले एमाले अध्यक्ष ओलीले दिएको तबला उपहार करुणा, प्रेम, सद्भाव र संयम कायम गर्न भएपनि प्रमुखले संयम गुमाउँदै गएको बताए। 

प्रमुख शाहले तबलाको धुनमा काम गर्नुपर्नेमा विपरित रुपमा अगाडि गएको उनको भनाइ थियो। 

साथै, उनले मेयर शाहलाई आफू काठमाडौँ महानगरपालिकाको प्रमुख हुँ भन्ने नभुल्न समेत चेतावनी दिए। 

‘काठमाडौँ महानगरपालिका र सडक विभागबीच मतभेदहरू उत्पन्न भए । त्यसको दोष पनि एमाले र एमालेका अध्यक्षले बोक्नु पर्ने? काठमाडौँ महानगरपालिकाका प्रमुख बोलेन्द्र शाहलाई सम्मानका साथ भन्न चाहन्छु। उहाँ जननिर्वाचित हुनुभएको छ,’ उनले अघि भने, ‘उहाँले चुनाव जितेर आएपछि हामी पनि आशावादी भएका छौँ। उहाँले निर्वाचन जितेर आउने बित्तिकै तबला उपहार दिनुभएको थियो। तबला किन उपहार दिनुभयो, किन ड्रम बजाउने उपहार दिनुभएन। बोलेन्द्र शाहले संगीतको ड्रम बजाएर नै आउनु भएको थियो। तर अध्यक्षले सोच विचार गरेर तबला दिनुभयो। मेयरलाई तबलाको धुनमा काम गर्नुस्, तबलाको अर्थ हो। करुणा, प्रेम, सदभाव र सयंमता हो। तर काठमाडौँ महानगरपालिका प्रमुखले सम्यमता गुमाउँदै जानु भएको छ।’

संविधानले नै हरेक व्यक्तिको सीमा र अधिकार तोकेको बताउँदै उनले काठमाडौँ महानगरपालिका र सडक विभागबीच मतभेदहरु उत्पन्नहरु हुँदा दोष एमाले र एमालेका अध्यक्षले बोक्नुपर्ने? भन्दै प्रश्न गरे। 

महानगरपालिकामा प्रमुखको निर्वाचन जित्दा एमाले आशावादी भएको बताउँदै भट्टराईले काठमाडौँ महानगर मुलुकको राजधानी भएकाले  महानगरपालिका जनप्रतिनिधि नेपालको सभ्यताको प्रतिनिधित्व गर्ने बताए। 

साथै, उनले ऋषिमुनि र बुद्धले बनाएको सभ्यातामाथि मेयरले धावा बोल्न थालेको पनि बताए।

‘ऋषिमुनि र बुद्धले बनाएको सभ्यता छ। आज त्यो सभ्यतामाथि धाबा बोलिँदै छ । २०५४ सालमा एमालले २०५४ सालमा महानगरपालिकाको निर्वाचन जितेपछि काठमाडौंलाई सभ्य सहर बनाउने सफा सहर बनाउने र वैकल्पिक बाटोहरु खोल्नको निम्ति बागमती, विष्णुमती, मनोहरा करिडोर बनायौँ। खुसीबु जग्गा प्लानिङ, टाउनप्लानिङ र नयाँ सहर बनाउने थालनी गरेका हौँ। काठमाडौंका बाटा चौडा बनायौँ,’ उनले भने।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .