ad ad

राजनीति


सहकारी छानबिन समितिले तोकिएकै समयमा प्रतिवेदन ल्याउनुपर्छ : एमाले

सहकारी छानबिन समितिले तोकिएकै समयमा प्रतिवेदन ल्याउनुपर्छ : एमाले

नेपालखबर
जेठ २३, २०८१ बुधबार १९:४३, काठमाडौँ

नेकपा(एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले तीन महिनाभित्रै प्रतिवेदन ल्याउनुपर्नेमा आफ्नो पार्टी स्पष्ट रहेको बताएका छन्।

बुधवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले तीन महिनाभित्रै प्रतिवेदन ल्याउनुपर्ने एमालेको स्पष्ट अडान रहेको बताएका हुन्।

उनले यस समितिमा एमालेको भूमिकाप्रति आशंका गर्नेहरुले नै तीन महिनाभित्र काम सम्पन्न गरी प्रतिवेदन ल्याउन नदिनसक्ने भन्दै यसप्रति आफूहरु सचेत रहेको बताए। उनले समितिको कामलाई अवरोध सिर्जना गर्नु नहुने बताए।

उनले भने, ‘यो छानबिन समितिले दुई, चारवटा सहकारीको मात्रै होइन, सिंगो देशभरीका सहकारीमा जहाँ जहाँ नागरिकहरुले दुःख पाएका छन्, बचतको अपचलन भएको छ, ठगी भएको छ, बद्मासी भएको छ, सार्वजनिक रुपमा जनताको गुनासो लिने र मसिनो छानबिन गरेर दोषिहरुलाई आवश्यक कारबाहीको प्रक्रियामा सिफारिस गर्ने प्रक्रियामा यो समिति अब्बल हुन्छ। समितिमै बस्ने, समितिकै काम, प्रक्रियालाई अवरोध सिर्जना गर्नका लागि दुषित वक्तव्यबाजी गर्नेहरुबाट हामी सचेत छौँ।’

प्रमुख सचेतक बर्तौलाले समितिले राम्रोसँग काम गरि तोकिएकै समयमा प्रतिवेदन पेश गर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .