जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) को जारी एकताको महाधिवेशनबाट अध्यक्षबाहेक नयाँ कार्यसमिति चयन गर्न आज मतदान हुने भएको छ।
जसपा केन्द्रीय निर्वाचन समितिका अनुसार दिउँसो १२:३० बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ। यसपछि मतदान सुरु हुनेछ।
अध्यक्षमा फेरि उपेन्द्र यादव नै निर्विरोध भए पनि बाँकी पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको अन्तिम सूची सार्वजनिक गर्न निर्वाचन समितिलाई बुधबार अबेर रातिसम्म लागेको थियो।
उम्मेदवारीमा दाबी विरोध र त्यसउपर निर्णय भइसकेको जसपा निर्वाचन समितिले जनाएको छ।
२०१ केन्द्रीय सदस्य र अध्यक्ष (जुन निर्विरोध धइसकेको छ), सहअध्यक्ष, महासचिव, सहमहासचिव, कोषाध्यक्ष, सचिव र सहसचिव गरी २० पदाधिकारीका लागि बुधबार मनोनयन दर्ता भएको थियो।
अध्यक्षबाहेक अब एकजना सहअध्यक्ष, ५ उपाध्यक्ष, २ महासचिव, ३ उपमहासचिव, ७ सचिव, १ कोषाध्यक्ष र २०१ केन्द्रीय सदस्य चयनका लागि आज निर्वाचन हुन लागेको हो।
Shares
प्रतिक्रिया