ad ad

राजनीति


जबज नेपालको मौलिक राजनीतिक सिद्धान्त हो : कार्यवाहक अध्यक्ष पोखरेल

जबज नेपालको मौलिक राजनीतिक सिद्धान्त हो : कार्यवाहक अध्यक्ष पोखरेल

नेपालखबर
असोज ५, २०८१ शनिबार १८:१५, काठमाडौँ

नेकपा एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले जनताको बहुदलीय जनवाद (जबज) नेपालको मौलिक राजनीतिक सिद्धान्त भएको बताएका छन्। 

शनिबार ललितपुरको जावलाखेलमा मदन भण्डारी फाउण्डेसनको रजत जयन्ती अवसरमा गरिएको मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण कार्यक्रममा बोल्दै पोखरेलले यस्तो बताएका हुन्। 

‘हामीले के कति उपलब्धि हासिल ग¥यौँ, के के हासिल गर्न सकिएन त्यसको मूल्याङ्कन गर्नुपर्छ। मदन भण्डारी फाउण्डेसन पार्टी होइन तर पनि राष्ट्रिय राजनीतिमा सही राजनीति दिशा निर्देश गर्ने विषयमा सुत्रबद्ध रूपमा भूमिका खेल्नुपर्छ,’ उनले भने, ‘अहिलेका चुनौतीहरूलाई पहिचान गरी वैचारिक हिसाबले दिशानिर्देश गर्ने काममा पनि आगामी दिनमा योगदान गर्नुपर्छ। जनताको बहुदलीय जनवाद चुनौतीहरूको सामना गर्दै यहाँसम्म आएको हो।’

मदन भण्डारी फाउन्डेसनले राष्ट्रिय राजनीतिमा सही राजनीति दिशा निर्देश गर्नेगरी अगाडि बढ्नुपर्ने बताउँदै उनले अहिलेका चुनौतीहरूलाई पहिचान गरी वैचारिक हिसावले दिशानिर्देश गर्ने काममा पनि आगामी दिनमा फाउण्डेशनले योगदान गर्नुपर्ने बताए। 

उनले नेपालको सन्दर्भमा माक्र्सवादलाई प्रयोग गर्दा विकसित भएको विचार जबज भएको जिकिर गरे। 

‘धेरै कुरा यसका शास्त्रीय पाटाहरू पनि छन्। जननेता मदन भण्डारीलाई सम्मान गर्न मात्र यो विषय गाँसेको होइन। यसमा केही त्यस्ता तत्त्वहरू छन्, नेपालको सन्दर्भमा मार्क्सवादलाई प्रयोग गर्दा विकसित भएको विचार हो भनेर हामीले भन्दा यो विषयमा हामी दृढतापूर्वक वकालत गर्नसक्छौँ,’ पोखरेलले भने। 

अन्तर्राष्ट्रिय  कम्युनिस्ट आन्दोलनका नकारात्मक कुराहरूलाई मनन गरेर विकसित भएको, दर्शन र सिद्धान्तले निकालेका निष्कर्षबाट जनताको बहुदलीय जनवाद सुत्रबद्ध भएको उनको भनाइ थियो।

‘यो विचार कहीँ कतैबाट सापट लिएको विचार होइन । यो विचार आफ्नै देशमा अभ्यास गरेर विकसित भएको विचार हो । मदन भण्डारीले यो विचारको प्रवक्ता र व्याख्याता बनेर कम्युनिस्ट आन्दोलनमा योगदान पु¥याउनुभयो, हामीले त्यो कुरालाई बिर्सनु हुँदैन,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .