ad ad

राजनीति


सात एसपीको पदस्थापना र काज सरुवा

सात एसपीको पदस्थापना र काज सरुवा

नेपालखबर
जेठ ३१, २०८१ बिहिबार २१:३, काठमाडौँ

प्रहरी प्रधान कार्यालयले सातजना प्रहरी उपरीक्षक (एसपी) को पदस्थापना तथा काज सरुवा गरेको छ।

बिहीबार (जेठ ३१ गते) सूचना प्रकाशित गरी प्रधान कार्यालयले तीन एसपीको काज सरुवा तथा चार जनालाई पदस्थापन गरेको हो।

काजीकुमार गुरुङलाई जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी, हरिहरनाथ योगीलाई मधेश प्रहरी गण जनकपुरधाम र ज्ञानेन्द्र प्रसाद फुयाललाई मानव बेचबिखन अनुसन्धान ब्यूरो मानव बेचबिखन अनुसन्धान शाखामा जिम्मेवारी दिइएको छ।

यस्तै, हालै बढुवा भएका प्रहरी उपरीक्षक प्रदीप बहादुर क्षेत्रीलाई अपराध अनुसन्धान विद्यालय मानव स्रोत व्यवस्थापन शाखा महाराजगञ्ज, नारायण रञ्जितकारलाई नेपाल प्रहरी विद्यालय साँगा काभ्रेपलाञ्चोक, अनन्तराम शर्मालाई राष्ट्रिय सुरक्षा परिषद सिंहदरबार र एकनारायण कोइरालालाई नेपाल प्रहरी विपद व्यवस्थापन कार्य परिचालन शाखा सामाखुशीको जिम्मेवारी दिइएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .