ad ad

राजनीति


एमाले सांसद आचार्यको अभिव्यक्तिमा क्यानको आपत्ति, क्रिकेटको गरिमा घटाएको आरोप

एमाले सांसद आचार्यको अभिव्यक्तिमा क्यानको आपत्ति, क्रिकेटको गरिमा घटाएको आरोप

नेपालखबर
जेठ ३२, २०८१ शुक्रबार १८:२३, काठमाडौँ

नेपाल क्रिकेट संघ (क्यान)ले नेकपा एमालेका सांसद सांसद भीम आचार्यले प्रतिनिध सभा बैठकमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। क्यान अध्यक्ष चतुरबहादुर चन्दले शुक्रबार विज्ञप्ति जारी गर्दै आचार्यको नाम नलिई उनले क्यानका विषयमा दिएको अभिव्यक्तिको आलोचना गरेका हुन्।

आंशिकसमेत सत्यता नभएको विषय संसदमा उठाएर संसदलाई गुमराहमा राख्नुका साथै आफूले प्रतिनिधित्व गर्ने राजनीतिक दललाई समेत विवादमा ल्याउन खोजेको आरोप विज्ञप्तिमा लगाइएको छ।

‘यहाँसम्म कि कुनै पनि आंशिकसमेत सत्य नभएको झुटो र कपोलकल्पित बुँदाहरू नेपालको गरिमामय सदनमा उठान गरेर एकजना माननीय सांसदज्यूले सम्मानित सदनलाई गुमराहमा राख्नुका साथै आफूले प्रतिनिधित्व गर्ने राजनीतिक दललाई समेत विवादमा ल्याउन खोजेको देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ। 

बुधबारको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद आचार्यले आईसीसी टी–ट्वान्टी प्रतियोगितामा आर्थिक अनियमितता गरेको आरोप लगाउँदै क्यानको नेतृत्वमाथि छानबिन गर्न माग गरेका थिए। उनले क्यानले क्रिकेटर सन्दीप लामिछानेलाई १५ सदस्यीय खेलाडीको टोलीमा समावेश नगरेका कारण भिसा नपाएको दाबीसमेत गरेका थिए।

गैरकानुनी काम कारबाही गरेमा कानुनबमोजिम सजाय हुनुपर्नेमा क्यान स्पष्ट भएको भन्दै हुँदै नभएको विषय बोलेर सांसदले क्रिकेटको गरिमा घटाएको विज्ञप्तिमा उल्लेख छ।

‘नेपाल क्रिकेट संघको नाममा कोही कसैले क्रिकेटको हकहितविरुद्ध कुनै गैरकानुनी काम कारबाही गरेमा कानुनबमोजिम सजाय हुनुपर्छ भन्ने कुरामा नेपाल क्रिकेट संघ स्पष्ट छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हुँदै नभएको झुटा तथा कपोलकल्पि कुरा गरिमामय सदनमा सांसदज्यूले उठाउनाले सम्मानित सदन, सांसदज्यू तथा नेपाली क्रिकेटको गरिमा घटाएको छ।’

May be an image of text

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .