ad ad

राजनीति


ज्ञानेन्द्र शाहीले सभामुखमार्फत फिर्ता पठाए भौतिक मन्त्रालयको बजेट पुस्तिका

ज्ञानेन्द्र शाहीले सभामुखमार्फत फिर्ता पठाए भौतिक मन्त्रालयको बजेट पुस्तिका

फाइल तस्बिर


नेपालखबर
असार ४, २०८१ मंगलबार १५:३८, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रतिनिधिसभाको रोष्ट्रममै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका फिर्ता पठाएका छन्।

बजेटप्रति चरम असन्तुष्टि रहेको भन्दै मंगलबारको संसद बैठकमा खर्च कटौतिको प्रस्तावमा बोल्ने क्रममा बजेट पुस्तिका सभामुखमार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्री (रघुबीर महासेठ)लाई फिर्ता दिन भनेका छन्।

उनले भने, ‘यो किताब मन्त्री ज्यूलाई सिधै दिन मिल्दैन म सभामुख ज्यू मार्फत भन्न चाहन्छु, म सिंगो कणार्लीको तर्फबाट र जुम्लाको तर्फबाट यो बजेट जस्ताको त्यस्तै मन्त्रीज्यूलाई फिर्ता पठाउँछु चाहिँदैन बजेट।’

यस्तै, शाहीले बजेटमा कर्णाली प्रदेशलाई उपेक्षा गरिएमा कर्णालीमा क्षेत्रीय दल बन्ने चेतावनी दिएका छन्। मङ्गलवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक शाहीले आर्थिक वर्ष २०८१÷०८२ को बजेटमा कर्णाली प्रदेशलाई उपेक्षा गरिएको बताएका हुन्।

उनले कर्णाली प्रदेशलाई बजेटमा उपेक्षा गरिएमा कर्णाली प्रदेशमा क्षेत्रिय दल बन्न सक्ने चेतावनी दिए।

शाहीले भने,‘भौतिक मन्त्री नेपालको हो कि धनुषाको मन्त्री हो? म आज सभामुखलाई भन्न चाहान्छु, यो भाषा कर्णालीको हो। यो भाषा संसदमा नबोल्नुस्। संसदमा कर्णालीलाई अपमान गर्नुहुन्छ भने तपाईहरुले आफ्नो भाषा निर्माण गर्नुस्। यो जुम्लाको सिँजा, कर्णालीबाट आएको भाषा हो। याद दिलाउन चाहन्छु, २०५६ सालमा कर्णालीका ५ जिल्ला एमालेका लालकिल्ला थियो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .