ad ad

राजनीति


रघुजी पन्तको प्रस्ताव : राष्ट्रिय प्रतिरक्षाका लागि प्रतिगुप्तचरी संयन्त्र बनाऔँ

रघुजी पन्तको प्रस्ताव : राष्ट्रिय प्रतिरक्षाका लागि प्रतिगुप्तचरी संयन्त्र बनाऔँ

नेपालखबर
असार ४, २०८१ मंगलबार १५:४८, काठमाडौँ

नेकपा(एमाले)का सांसद रघुजी पन्तले राष्ट्रिय प्रतिरक्षाको कुरालाई ध्यान दिँदै प्रतिगुप्तचरी संयन्त्र बनाउनुपर्ने बताएका छन्।

मङ्गलवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पन्तले राष्ट्रिय प्रतिरक्षाको कुरालाई ध्यान दिनुपर्ने बताएका हुन्। उनले प्रधानमन्त्रीको मातहतमा प्रतिगुप्तचरी संयन्त्र बनाउन प्रधानमन्त्रीले आँट गर्नुपर्ने बताए।

उनले नेपाली भूमीभित्र नेपालको विरुद्धमा हुने षड्यन्त्रलाई प्रतिकार गर्ने विषयमा देशले सोच्नुपर्ने बताए। उनले राष्ट्रिय अनुसन्धानलाई गृह मन्त्रालयको मातहतमा ल्याउनुपर्ने पनि बताए।

उनले भने, ‘हाम्रो राष्ट्रिय प्रतिरक्षाको कुरालाई ध्यान दिँदै प्रतिगुप्तचरी संयन्त्र चाहियो। सानै लेभलमा भएपनि बनाऔँ। आँट गरौँ। प्रधानमन्त्रीको मातहतमा बनाऔँ। हाम्रो देशको विरुद्ध यो भूमिभित्र कस्ता–कस्ता षड्यन्त्र भइरहेका छन् र तिनीहरूलाई कसरी काउन्टर गर्ने भन्ने कुरा एउटा स्वतन्त्र देशले सोच्नुपर्दैन? सोच्नुपर्छ। प्रधानमन्त्रीज्युले सोच्नुस्। आँट गर्नुस्। यो विषयलाई गम्भीरतापूर्वक लिनुस्।’

बैठकमा बोल्दै सांसद पन्तले पर्यटन र नेपाललाई चाहिने आर्थिक सहयोग लिनसक्ने देशहरुमा राजदूतावासलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

उनले भारत, चीन र अमेरिकामा क्षमतावान व्यक्तिहरुलाई राजदुत बनाएर पठाउनुपर्ने बताए। त्यस्तै जापान र दक्षिण कोरियामा प्राविधिक विषय जानेको व्यक्तिलाई राजदूत बनाउनुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .