ad ad

राजनीति


बर्लिनस्थित नेपाली दूतावास पुगेर राष्ट्रपति पौडेलले भने : लगानी भित्र्याउन पहल गर्नुहोस्

बर्लिनस्थित नेपाली दूतावास पुगेर राष्ट्रपति पौडेलले भने : लगानी भित्र्याउन पहल गर्नुहोस्

नेपालखबर
असार ४, २०८१ मंगलबार २०:१, वर्लिन (जर्मनी)

राष्ट्रपति रामचन्द्र पौडेलले जर्मन भ्रमणको क्रममा मङ्गलबार पूर्वी बर्लिन क्षेत्रको अवलोकन भ्रमण गरेका छन्।

आजै उनले बर्लिनस्थित नेपाली राजदूतावासको निरीक्षण पनि गरेका राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। राष्ट्रपति पौडेलले आफ्नो भ्रमणको क्रममा गरेको मेहनतको प्रशंसा गर्दै राजदूतलगायतका कर्मचारीले नेपालमा जर्मनी लगानी भित्र्याउन मेहनत गर्नुपर्ने आावश्यकता औँल्याए।

भ्रमण दलमा प्रथम महिला सविता पौडेल, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्च अधिकारीको पनि सहभागिता छ।

जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल शनिबार राति जर्मनी आएका थिए। सोमबार राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टर स्टाइनमायरबीच जर्मनीको बर्लिनमा प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भएको थियो।

सन् १९८६ यता राष्ट्रप्रमुखको तहमा नेपालबाट जर्मनीमा भएको राष्ट्रपति पौडेलको यो पहिलो भ्रमण भएको बताइएको छ।

राष्ट्रपति पौडेल आजै स्वदेश फर्कने क्रममा बर्लिनबाट कतारको दोहा प्रस्थान गर्ने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .