ad ad

राजनीति


कांग्रेसभित्रै गठबन्धन भए कुनै पार्टीले हराउन सक्दैन : शेखर कोइराला

कांग्रेसभित्रै गठबन्धन भए कुनै पार्टीले हराउन सक्दैन : शेखर कोइराला

नेपालखबर
असार ६, २०८१ बिहिबार १३:५९, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसको बीचमा गबठन्धन भए अन्य राजनीतिक दलहरूले निर्वाचनमा पराजित गर्न नसक्ने बताएका छन्।

बिहीबार काठमाडौँमा आयोजित लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

घात, अन्तर्घात हुने भयले अन्य राजनीतिक दलहरूबीच गठबन्धन हुने गरेको भएपनि कांग्रेसको बीचमा गठबन्धन गरेको खण्डमा कुनैपनि राजनीतिक दलले हराउन नसक्ने जिकिर गरे।

‘घात अन्तर्घात हुन्छ भनेर हामी गठबन्धन गरिरहेका छौँ, राजनीतिक दलहरूको बीचमा। मलाई के लाग्छ भने नेपाली कांग्रेस आफैँ पनि सक्षम छ। हामी हाम्रो बीचमा गठबन्धन गरौँ। नेपाली कांग्रेसको बीचमा गबठन्धन गर्ने हो भने हामीलाई कुनैपनि शक्तिले हराउन सक्दैन। अन्य दलहरुसँग गठबन्धन गर्नै पर्दैन,’ उनले भने। 

महिलाहरू लैङ्गिक प्रतिनिधित्वमा राजनीतिक प्रतिनिधित्व भन्दा माथि उठ्न नसकेको बताउँदै उनले राजनीतिकसँगै आर्थिक, सामाजिक प्रतिनिधित्वमा पनि त्यत्तिकै सबल र सक्षम हुनुपर्ने भनाइ राखे।

‘लैङ्गिक प्रतिनिधित्वको कुरा गर्दा हामी राजनीतिक प्रतिनिधित्व भन्दा माथि उठ्नै सकिरहेका छैनौँ। तपाईंहरूसँग कुरा गर्दा हाम्रो राजनीतकि प्रतिनिधित्व भएन भन्ने मात्रै पाउँछौँ। आर्थिक प्रतिनिधित्व, सामाजिक प्रतिनिधित्वको कुरामा तपाईंहरू पनि चुक्नुभएको छ जस्तो लाग्छ। यो विषयमा छलफल गरी रणनीति तयार गरेर अघि बढ्नुहोला,’ कोइरालाले अघि भने, ‘जतिसुकै राजनीतिक अधिकार दिएपनि आर्थिक अधिकार तपाईंहरूको भएन, सामाजिक अधिकारहरु भएन भने समस्या जहीँ को त्यहीँ रहन्छ। त्यसकारण आर्थिक समानता, सामाजिक समानताका कुराहरु पनि त्यत्तिकै ध्यान दिनुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .