ad ad

राजनीति


‘एसिया सहयोग संवाद’मा सहभागी हुन परराष्ट्रमन्त्री इरान जाने

‘एसिया सहयोग संवाद’मा सहभागी हुन परराष्ट्रमन्त्री इरान जाने

फाइल तस्बिर


नेपालखबर
असार ७, २०८१ शुक्रबार १२:५७, काठमाडौँ

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एसिया सहयोग संवाद (एसीडी)का सदस्य राष्ट्रका विदेश मन्त्रीहरूको १९औँ बैठकमा भाग लिन इस्लामिक गणतन्त्र इरान जाने भएका छन्।

इरानको राजधानी तेहरानमा सोमबार (असार १० गते) हुने बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार श्रेष्ठ इरान जान लागेका हुन्।

उपप्रधानमन्त्री श्रेष्ठले बैठकका अवसरमा सदस्य राष्ट्रका विदेशमन्त्रीहरुसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।

मन्त्रिस्तरीय बैठक अघि मन्त्रालयको क्षेत्रीय सङ्गठन महाशाखाका सहसचिव ज्ञानबहादुर मगरले यही असार ९ गते हुने एसीडीका वरिष्ठ अधिकारीहरूको बैठकमा भाग लिनेछन्। उपप्रधानमन्त्री श्रेष्ठ यही असार १२ गते स्वदेश फर्कने तालिका छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .