ad ad

राजनीति


कम्युनिष्ट पार्टीको पुनर्गठन गर्ने तयारी भइरहेको छ : अग्नि सापकोटा

कम्युनिष्ट पार्टीको पुनर्गठन गर्ने तयारी भइरहेको छ : अग्नि सापकोटा

सातौँ राष्ट्रिय मुक्ति मोर्चाको महाधिवेशनमा सहभागी नेताहरु (तस्बिर : प्रदीपराज वन्त/सचिवालय)


नेपालखबर
असार ८, २०८१ शनिबार १७:११, काठमाडौँ

पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले कम्युनिष्ट पार्टीको पुनर्गठनको तयारी भइरहेको बताएका छन्। 

शनिबार काठमाडौँमा आयोजित सातौँ राष्ट्रिय मुक्ति मोर्चाको महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले मुद्दा मिल्नेहरूसँग खुकुलो प्रकारको मोर्चा बनाइ बृहत् वामपन्थी एकीकरण गर्ने तयारीमा रहेको जानकारी गराए। 

‘राजनीतिक पुनर्गठनमा मलाई के लाग्छ भने, बृहत् वामपन्थी एकीकरण यो मुद्दा मिल्नेहरुसँग खुकुलो प्रकारको मोर्चा, बृहत् वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनर्गठन,’ उनले भने, ‘हिजो हामीले पुनर्गठन गरेका थियौँ, त्यसलाई हामीले जोगाउन सकेनौँ। आज नयाँ समीकरण बनेको छ। यो नयाँ समीकरण हुँदै हामी बृहत् वामपन्थी एकीकरण हुँदै कम्युनिष्ट पार्टीको पुनर्गठनतिर जाँदैछौँ।’

‘वामपन्थी एकीकरणले सरकार र देश चल्दैन’ भन्ने टिप्पणी आइरहेको भन्दै उक्त विचार पूर्ण रुपमा खारेज गर्नुपर्ने उनले बताए। नेपाली जनता वामपन्थीहरूलाई मन पराउने मात्रै नभइ फेरि कम्युनिष्ट पार्टीको पुनर्गठन चाहिरहेको उनको तर्क थियो।

‘भन्न त अहिले के भनिरहेका छन् भने वामपन्थी एकीकरणले न सरकार चल्छ न देश चल्छ। होइन, यो विचारलाई हामी पूरै खारेज गर्न चाहन्छौँ। नेपाली जनता वामपन्थीहरुलाई रुचाउँछन्। वामपन्थीहरूलाई मन पराउँछन् मात्रै होइन, नेपाली जनता फेरि कम्युनिष्ट पार्टीको पुनर्गठन चाहन्छन्। त्यसकारण हाम्रो राजनीतिक कार्यदिशाको रुपमा वृहत वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनर्गठन, जस्तो विचार त्यस्तै राजनीतिक कार्यदिशा।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .