ad ad

राजनीति


प्रधानमन्त्रीले भने– सुनुवाइ समितिमा छलफल र कागजात हेरेर मात्रै राजदूत नियुक्ति टुंग्याइन्छ

प्रधानमन्त्रीले भने– सुनुवाइ समितिमा छलफल र कागजात हेरेर मात्रै राजदूत नियुक्ति टुंग्याइन्छ

नेपालखबर
असार ११, २०८१ मंगलबार १२:३९, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्‌बाट सिफारिस भएका राजदूहरूको बारेमा सुनुवाइ समिति र अन्य कागजात हेरेर मात्रै अन्तिम रुप दिइने जानकारी गराएका छन्। 

मंगलबार प्रतिनिधिसभा बैठकमा परराष्ट्र मन्त्रालयमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले ाजदूतहरूको नियुत्तिलाई व्यवस्थित, मर्यादित र पारदर्शी, दक्षता र कार्यसम्पादनमा आधारित बनाइने जिकिर गरे। 

‘अहिले नियुक्त गर्ने भनेर क्याबिनेटबाट अगाडि आएका राजदूतसम्बन्धी अन्ततः हामी सुनुवाइ समिति र अन्य कागजात हेरेर मात्रै अन्तिम रुप दिइने जानकारी गराउँछु,’ प्रधानमन्त्री प्रचण्डले भने। 

साथै, उनले देशको हित र कुटनीतिलाई मजबुत बनाउनेगरी वस्तुगत आधारमा राजदूत मूल्यांकन गरी सोही अनुरुप व्यवस्थापन गर्ने नीति अवलम्बन गरिएको जानकारी गराए।

‘देशको हित र कुटनीतिलाई मजबुत बनाउन वस्तुगत आधारमा राजदूतको मूल्यांकन गरी सोही अनुरुप व्यवस्थापन गर्ने नीति अवलम्बन गरिएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘राजदूत नियुक्तिसम्बन्धी निर्देशिकालाई मूल आधार बनाइ राजदूतहरूको नियुत्तिलाई व्यवस्थित, मर्यादित र पारदर्शी, दक्षता र कार्यसम्पादनमा आधारित बनाइने विश्वास व्यक्त गर्दछु।’

राजदूत नियुक्तिसम्बन्धी निर्देशिका २०७५ को दफा ८ बमोजिम नेपाल सरकारले आवश्यक ठानेमा राजदूतलाई पदावधि पूरा हुनु अगावै निर्णय गरी फिर्ता बोलाउनसक्ने प्रावधान रहेको पनि उनले संसद्लाई जानकारी दिए। 

‘राजदूतहरूको नियुक्तिमा राजनीति र व्यवसायीकताको सन्तुलनका लागि कम्तिमा ५० प्रतिशत राजदूत परराष्ट्र सेवाबाट नियुक्त गर्ने नीति निरन्तरता दिइएको छ,’ प्रधानमन्त्रीले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .