ad ad

राजनीति


अग्नि सापकोटाविरुद्धको रिटको फैसला सर्‍यो

अग्नि सापकोटाविरुद्धको रिटको फैसला सर्‍यो

नेपालखबर
असार १२, २०८१ बुधबार १५:१२, काठमाडौँ

पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाविरुद्धको रिटको फैसला सरेको छ।

काभ्रेका अर्जुन लामाको हत्या आरोपमा मुद्दा चलाउन माग राखी दायर भएको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजालसले आज (बुधबार) निर्णय सुनाउने भनी यसअघि नै मिति तोकेको थियो। तर, आज वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउत नभएपछि उक्त इजलास नै गठन भएन।

सर्वोच्च प्रशासनका अनुसार, राउत अदालत निरीक्षणका क्रममा बागलुङ पुगेका छन्। उनी आइतबार मात्र फर्किने तालिका छ।

अब सर्वोच्चले निर्णय सुनाउन अर्को दिन तोक्नेछ। 

गत जेठ २३ गते प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मी रहेको संवैधानिक इजलासले सुनुवाइ सकेर निर्णय सुनाउन बुधबारको दिन तोकेको थियो।

राउत उपस्थित नभएपछि बुधबार विश्वम्भरप्रसाद श्रेष्ठ, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी र मनोजकुमार शर्मा भएको बेग्लै इजलास गठन भएर अन्य मुद्दाको सुनुवाइ चलिरहेको छ।

२०६९ मंसिरमा काभ्रेकी अर्जुन लामाको हत्या आरोपमा सापकोटासहितका नेताहरूमाथि अनुसन्धान हुनुपर्ने भन्दै उनकी श्रीमती पूर्णिमाया लामाले सर्वोच्चमा रिट दायर गरेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .