ad ad

बागमती


काठमाडौँमा स्रोत नखुलेको साढे २० लाखसहित भारतीय नागरिक पक्राउ

काठमाडौँमा स्रोत नखुलेको साढे २० लाखसहित भारतीय नागरिक पक्राउ

बरामद साढे २० लाखसहित भारतीय नागरिक


नेपालखबर
असार १२, २०८१ बुधबार १५:१५, काठमाडौँ

काठमाडौँमा स्रोत नखुलेका झन्डै साढे २० लाख रुपैयाँसहित भारतीय नागरिकलाई प्रहरी पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार काठमाडौँ–१२, ब्रह्मटोलस्थित प्रतीक इन्टरप्राइजेजमा आर्थिक कारोबार गरिरहेका बेला स्रोत नखुलेको २० लाख ४० हजार रुपैयाँसहित भारतको बिहार राज्य मोतिहारी जिल्ला घर भई हाल काठमाडौँ-१२, ब्रम्हटोल बस्ने ३८ वर्षीय निरञ्जन कुमारलाई नियन्त्रणमा लिइएको हो।    

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट विशेष प्रहरी टोलीले अनुगनम गर्दा उक्त रकमसहित नेपाल सरकारबाट प्रतिबन्धित भर्चुअल रकम (क्रिप्टो करेन्सी) बाइनेन्समार्फत ६ करोड २६ लाख, ६९ हजार ९४७ रुपैयाँसमेत कारोबार गरेको पाइएकाले उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .