ad ad

राजनीति


नेपालको राजनीतिक अवस्था जटिल मोडमा छ : रञ्जिता श्रेष्ठ

नेपालको राजनीतिक अवस्था जटिल मोडमा छ : रञ्जिता श्रेष्ठ

नेपालखबर
असार १६, २०८१ आइतबार १५:५५, काठमाडौँ

नागरिक उन्मुक्ति पार्टीर्की अध्यक्ष रञ्जिता श्रेष्ठले नेपालको राजनीतिक अवस्था जटिल मोडमा रहेको बताएकी छिन्। 

आइतबार काठमाडौँमा नेकपा (एकीकृत समाजवादी) को  राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। 

उनले दलहरूले जनताको आवाजलाई प्रतिनिधित्व गर्दै उनीहरुको आवश्यकता र आकांक्षालाई पूरा गर्नु रहेको पनि बताइन्। देशलाई समृद्ध र स्थायित्वको मार्गमा डोर्‍याउन राजनीतिक दलले नै भुमिका निर्वाह गर्नुपर्ने पनि उनले बताइन्। 

नेकपा एकीकृत समाजवादी पार्टीले यस दिशामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उनको भनाइ थियो। 

‘दलहरूले जनताको आवाजलाई प्रतिनिधित्व गर्दै उनीहरुको आवश्यकता र आकांक्षालाई पूरा गर्दै देशलाई समृद्ध र स्थायित्वको मार्गमा डोर्‍याउन सक्नुपर्छ। नेकपा एकीकृत समाजवादी पार्टीले यस दिशामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। हामीले पनि नागरिक उन्मुक्ति पार्टीको तर्फबाट नागरिकको अधिकार र न्यायको लागि समान प्रतिवद्धता राखेका छौँ,’ उनले भनिन्, ‘देशमा तमाम राजनीतिक दलहरुले राष्ट्रको विकास र समृद्धिका लागि आफ्नो क्षेत्रबाट महत्त्वपूर्ण योगदान दिएका छन्। यद्यपि दुःखका साथ भन्नुपर्छ, नेपालको राजनीतिक अवस्था जटिल मोडमा रहेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .