ad ad

राजनीति


माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी एउटै बनाउने प्रयास गरेका छौँ : प्रचण्ड

माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी एउटै बनाउने प्रयास गरेका छौँ : प्रचण्ड

तस्बिर : सरोज बैजु


नेपालखबर
असार १६, २०८१ आइतबार १६:८, काठमाडौँ

प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी पार्टी र आफू नेतृत्वको पार्टी एउटै बनाउने प्रयास भइरहेको बताएका छन्। 

आइतबार नेकपा एकीकृत समाजवादी पार्टीको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले यस्तो बताएका हुन्। 

‘नेकपा एकीकृत समाववादीको बीचमा निर्वाचन अगाडि, निर्वाचन पछाडि र आजको मितिसम्म पनि हामी एउटै मोर्चामा बसेर सकेसम्म एउटै पार्टी बनाउने प्रयास गरिरहेकै छौँ,’ उनले भने। 

साथै, यो महाधिवेशनले सो प्रयासलाई ठोस निर्णय गरोस् भन्दै शुभेच्छा प्रकट गरेका छन्। 

आफ्नो पार्टीबारे एकीकृत समाजवादीले गरेको टिप्पणीबारे पनि प्रचण्डले बोले। 

‘घतपाईंहरूले सबै राजनीतकि दलको मूल्यांकन गर्दा हामीलाई सबैभन्दा नजिकको मित्र पनि भन्नुभएको छ, साथसाथै अलि बढी अस्थिर पनि भन्नुभएको छ,’ उनले भने, ‘तपाईंहरूलाई त्यो भन्ने अधिकारमाथि प्रश्न उठाउन चाहन्नँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .