ad ad

राजनीति


व्यक्तिगत सम्पत्तिको सीमा निर्धारण गर्न नेमकिपाको माग

व्यक्तिगत सम्पत्तिको सीमा निर्धारण गर्न नेमकिपाको माग

नेपालखबर
असार १६, २०८१ आइतबार १६:५७, काठमाडौँ

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नागरिकको सम्पत्तिको सीमा निर्धारण गर्नुपर्ने माग गरेका छन्।

आइतवार प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक, २०८१ माथि संशोधन प्रश्ताव गरेका हुन्। उनले नेपालमा उत्पादन हुने वस्तुहरूको आयात बन्द गर्नुपर्ने बताए।

उनले नेपालीले विदेशी बैंकमा पैसा राख्न नपाउने, स्रोत नखुलेको सम्पत्ति सरकारले स्वतः राष्ट्रियकरण गरिनुपर्ने माग गरे।

सांसद सुवालले मानिसहरूको स्रोत नखुलेको सम्पत्ति स्वतःराष्ट्रियकरण हुनुपर्ने बताए। उनले स्रोत नखुलेको सम्पत्तिमा राजश्व उठाएर वैध बनाउनु सरकारले चोरसँग चोरीको भाग लिए जस्तै भएकाले विधेयकमा यससम्बन्धी दफा हटाइनुपर्ने माग राखे।

उनले वित्त व्यवस्थापन ऐन,२०७४मा पुर्खेली घरजग्गा बिक्रीमा लाभ कर लगाइन नहुने बताए।

सुवालले आय विवरण बुझाउन बाँकी करदातालाई छुट दिँदा कर बुझाइ सकेकाहरू समेत निरुत्साहित हुने बताए।

उनले विधेयकमा विद्युतीय सवारी, एलइडी बत्ति, औषधि, सल्यक्रिया, पशुचिकित्सामा प्रयोग हुने सामानमा कर छुट दिन नहुने व्यवस्था गर्न पनि माग गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .