नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। पार्टी सभापति शेरबहादुर देउवाको नीजि निवास बूढानीलकण्ठमा बुधबार (भोलि) बिहान बैठक बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूको उपस्थितिका लागि देउवाले निर्देशन दिएका छन्।
बैठकमा नेकपा एमालेसँगको सत्ता सहयात्रा लगायतका समसामयिक राजनीतिका विषयमा छलफल हुने बताइएको छ।
84
Shares
प्रतिक्रिया