ad ad

राजनीति


एमालेका मन्त्रीहरूले बुझाए राजीनामा, समर्थन पनि फिर्ता

एमालेका मन्त्रीहरूले बुझाए राजीनामा, समर्थन पनि फिर्ता

नेपालखबर
असार १९, २०८१ बुधबार २०:३४, काठमाडौँ

नेकपा एमालेका मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका छन्। 

बुधबार बेलुकी प्रधानमन्त्री प्रचण्डलाई भेटेर उनीहरूले राजीनामा बुझाएका हुन्। एमालेको मंगलबार बसेको सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा दिन आग्रह गरेको थियो। 

प्रधानमन्त्रीले राजीनामा नदिएपछि बुधबार बेलुकी एमालेका ८ जानै मन्त्रीहरू बालुवाटार पुगेर राजीनामा बुझाएका हुन्।

राजीनामासँगै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए। 

‘राजीनामासँगै समर्थन पनि फिर्ता भएको छ,’ उनले भने। 

नेपाली कांग्रेस र नेकपा  एमालेबीच वर्तमान सत्ता समीकरण भत्काएर नयाँ सरकार बनाउने सहमति भएको छ। उक्त सहमति भएसँगै प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न नेकपा एमालेले बुधबार साझसम्मको समयसीमा दिएको थियो।

तर, प्रधानमन्त्री राजीनामा दिन तयार नभएपछि एमाले मन्त्रीहरूले सामूहिक राजीनामा बुझाउने निचाेडमा पुगेका थिए।

प्रचण्ड नेतृत्वको सरकारमा नेकपा एमालेबाट उपप्रधानसहित ८ जना मन्त्री बनेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .