ad ad

राजनीति


विश्वास र अविश्वासको प्रक्रियाबाट राजनीति अघि बढ्यो : अशोक राई

विश्वास र अविश्वासको प्रक्रियाबाट राजनीति अघि बढ्यो : अशोक राई

नेपालखबर
असार २८, २०८१ शुक्रबार १६:१०, काठमाडौँ

जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले विश्वास र अविश्वासको प्रक्रियाबाट राजनीति अघि बढिरहेको बताएका छन्। 

शुक्रबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको विश्वासको मतको बारेमा बोल्दै उनले यस्तो बताएका हुन्। 

छिटो–छिटो विश्वास अविश्वासमा परिणत हुने र अविश्वास विश्वासमा परिणत भइरहेको उनले बताए। त्यस्तै, विश्वास र अविश्वासको प्रक्रियाबाट शासन व्यवस्था र सरकार गुज्रिरहेको उनको भनाइ थियो। 

‘विश्वास अविश्वासमा परिणत हुन्छ, अविश्वास विश्वासमा परिणत हुन्छ र त्यो छिटो छिटो हुने गरेको छ। त्यसो भएको हुनाले यो विश्वास र अविश्वासको प्रक्रियाबाट हाम्रो शासन व्यवस्था र सरकार गुज्रिरहेको छ,’ राईले भने, ‘यसबाट कोही पनि निराश हुनुपर्दैन। यसलाई पख्लास् र चाख्लास्को विषयवस्तु पनि बनाउन मिल्दैन। यो स्वभाविक संसदीय प्रक्रिया हो। यसलाई स्वभाविक रुपमा नै हामीले ग्रहण गरौँ। आत्मसाथ गरौँ। अभ्यास पनि गर्दै आएका छौँ।’ 

अध्यक्ष राईले जनता समाजवादी पार्टीले दुई ठूला दलहरू मिलेर जाने कुरालाई समर्थन गरेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .