समाजवादी मोर्चाको बैठक बसिरहेको छ। नेकपा (एकीृकत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसिरहेको हो।
बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने बताइएको छ। साथै, समाजवादी मोर्चाको आगामी रणनीति र योजना तय गरिने पनि बताइएको छ।
समाजवादी मोर्चामा अहिले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी रहेका छन्।
यसअघि समावेश जनता समाजवादी पार्टी, नेपाल फुटपछि समाजवादी मोर्चामा छैन। जसपा नेपालले समाजवादी मोर्चाको औचित्य नरहेको बताइसकेको छ।
81
Shares
प्रतिक्रिया