ad ad

राजनीति


प्रधानमन्त्रीलाई माओवादीको प्रश्न– गिरीबन्धु टी स्टेट प्रकरणमा के गर्नुहुन्छ?

प्रधानमन्त्रीलाई माओवादीको प्रश्न– गिरीबन्धु टी स्टेट प्रकरणमा के गर्नुहुन्छ?

तस्बिर : सरोज नेपाल


नेपालखबर
साउन ६, २०८१ आइतबार १६:२, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति, कार्यक्रम र बजेट विपरीत अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन्।

प्रधानमन्त्री ओलीले आफूमाथि प्रतिनिधि सभामा विश्वासको मत राख्ने क्रममा दिनुभएको अभिव्यक्ति जनतालाई भ्रम दिनेगरी आएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्। 

‘आज प्रधानमन्त्रीले जति कुराहरु गर्छु भन्नुभयो। ती कुराहरु भाषणमा मात्रै सीमित हुनेछन्। किनभने त्यसलाई कार्यक्रमले, बजेटले समर्थन गर्नुपर्ने हुन्छ। होइन भने जनतालाई झुक्याउने खालको कुरा हुन्छ,’ उपमहासचिव पुनले भने, ‘यसो नगरीदिनुहोस् भन्ने मेरो अनुरोध हो। किनभने जिम्मेवार मान्छे, चार चार पटक प्रधानमन्त्री भइसकेको मान्छे, यो कुरा नबुझेर होइन। अलिकति जनतालाई भ्रम दिने ढंगले कुराहरू नगरिदिनुहोस् भन्ने मेरो अनुरोध छ।’

आइतबार प्रतिनिधि सभा बैठकमा प्र्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले गिरिबन्धु टि स्टेट लगायतको भ्रष्टाचारको फाइल नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले खोल्ने बित्तिकै नयाँ सत्ता समिकरण बनाएको आरोप लगाउँदै त्यस विषयमा के हुन्छ भनि सरकारलाई प्रश्न गरे।

उपमहासचिव पुनले गिरी बन्धु टी स्टेट लगायतका भ्रष्टाचारको काण्ड लुकाउन कांग्रेस र एमालेले मिलेर सरकार बनाएको आरोप लगाउँदै त्यसको जवाफ आफूहरूले चाहेको बताए।

‘मैले भन्न खोजेको कुरा के हो भने आज भ्रष्टाचारको कुरा उठ्ने वित्तिकै कमरेड प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारका विभिन्न फाइल खोल्ने बित्तिकै नक्कली भुटानी शरणार्थीदेखि गिरीबन्धु टी स्टेटसम्मका कुराहरू उठ्दै गर्दा यहाँ नेपाली कांग्रेसका मानननीय महामन्त्रीजीहरूले ती एजेण्डा छोड्दैनौं भनिराख्नु भएको छ,’ पुनले भने, ‘त्यसमा निश्चय पनि नेपाली कांग्रेसलाई पनि प्रश्न हुन्छ। हिजो त यही हाउसमा अपोजिशनमा हुँदा गिरीबन्ध टी स्टेट, गिरीबन्धु टी स्टेट भनियो। के हुन्छ यसमा? यसमा हामीले जवाफको अपेक्षा गरेका छौँ। नेपाली जनताले यसको जवाफको अपेक्षा गरेको छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .