प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्को प्रतिनिधि सभाबाट आइतबार दुइ तिहाइ सांसदको विश्वास पाएका छन्। संविधानको धारा ७६ (४) अनुसार विश्वासको मतको प्रस्ताव पेस गरेका ओलीको पक्षमा १८८ सांसदले मतदान गरेका छन्।
त्यस्तै, विपक्षमा ७४ सांसद उभिए भने एक जना सांसद तटस्थ रहे।
कुल २ सय ७५ सांसद रहेको प्रतिनिधिसभामा आइतबारको बैठकमा २ सय ६३ सांसदमात्रै उपस्थित रहेको सभामुख देवराज घिमिरेले जानकारी दिए।
संसद् सचिवालयले दिएको जानकारी अनुसार, आइतबारको बैठकमा १२ जना सांसद अनुपस्थित रहे।
नेपाली कांग्रेसका ४, नेकपा माओवादी केन्द्रका १, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका ३, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १ र नेकपा एमालेका ३ जना (सभामुख र एक जना निलम्बित) सहित १२ जना सांसद अनुपस्थित रहेको संसद् सचिवालयले जनाएको छ।
विश्वासको मत लिँदा अनुपस्थित सांसदको सूची-
अम्बिका बस्नेत– नेपाली कांग्रेस
दुर्लभ थापा– नेपाली कांग्रेस
विनोद चौधरी– नेपाली कांग्रेस
मनोरमा शेरचन– नेपाली कांग्रेस
वसन्त नेम्वाङ– नेकपा एमाले
देवराज घिमिरे- सभामुख (एमालेबाट)
टोपबहादुर रायमाझी– नेकपा एमाले (भुटानी शरणार्थी प्रकरणमा जेलमा)
गीता बस्नेत– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)
दीपक बोहोरा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)
विक्रम पाण्डे– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)
देवेन्द्र पौडेल– नेकपा माओवादी केन्द्र
सोविता गौतम– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)
Shares
प्रतिक्रिया