ad ad

राजनीति


कोसी प्रदेश सरकारबाट बाहिरियो माओवादी

कोसी प्रदेश सरकारबाट बाहिरियो माओवादी

नेपालखबर
साउन ११, २०८१ शुक्रबार १६:५४, काठमाडौँ

कोसी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ। नेकपा एमालेको नेतृत्वमा बनेको कोसी प्रदेश सरकारमा माओवादीका तर्फबाट मन्त्री बनेका माओवादी नेताहरूले शुक्रबार पत्रकार सम्मेलन गर्दै सरकार छाड्ने घोषणा गरेका हुन्। 

उनीहरूले मुख्यमन्त्री हिक्मत कार्कीले सहमतिको सरकार बनाउन चाहेका कारण आफूहरूले सहज बनाएर राजीनामा दिएको बताएका छन्। 

कोसीमा माओवादीका तर्फबाट तीन जना मन्त्री र एक राज्यमन्त्री थिए।

माओवादीबाट प्रदेशमा गणेश उप्रेती भौतिक पूर्वाधार, राजेन्द्र कार्की स्वास्थ्य, नारायण बुर्जामगर पर्यटन वन तथा वातावरण मन्त्री र बन्दना झागड वन पर्यटन तथा वातावरण राज्यमन्त्री थिइन्। 

उनीहरू सबैले राजीनामा दिन लागेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .