नेपाल भ्रमणमा आएको जापानी संसदीय प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री आरजु राणा देउवासँग शिष्टाचार भेटवार्ता गरेको छ।
जापानको प्रनिनिधिसभाका सदस्य एवं प्रतिनिधिसभाको न्यायिक मामिला सम्बन्धी स्थायी समिति अध्यक्ष ताकेबे अर्ता नेतृत्वको टोलीले आइतबार परराष्ट्र मन्त्रालयमा पुगेर मन्त्री राणासँग भेटवार्ता गरेको हो।
भेटवार्ताका क्रममा नेपाल–जापान सम्बन्धका विविध पक्षबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
33
Shares
प्रतिक्रिया