ad ad

राजनीति


जनताले रूचाएसम्म पार्टीले नेतृत्वलाई छेकबार लगाउने नीति लिनुहुन्न : सिंह

जनताले रूचाएसम्म पार्टीले नेतृत्वलाई छेकबार लगाउने नीति लिनुहुन्न : सिंह

नेपालखबर
भदौ ८, २०८१ शनिबार २०:२६, काठमाडौँ

उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताले रूचाएसम्म पार्टीले नेतृत्वलाई छेकबार लगाउने नीति लिन नहुने बताएका छन्। 

कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा चलिरहेको नेतृत्व बहिर्गगनको बहसबारे आज ललितपुरमा सञ्चारकर्मीको प्रश्नमा सिंहले यस्तो बताएका हुन्।

‘अहिले जुन एक्जिट पोलिसीमा १,२,३,४ को कुरा छ। कांग्रेस लोकतान्त्रिक पार्टी हो। लोकतान्त्रिक पार्टीमा नेतृत्व मतदातले चाहेसम्म हुने हो,’ उनले भने, ‘जनताले रूचाएसम्म पोलिटिकल एक्टिभिस्टहरूले आफ्नो काम त गर्छन् नी। त्यसमा छेकबार लगाउने कुरा मिलेन कि भन्ने कुरा हो।’

कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले पार्टीभित्र सबै विषयमा बहस हुनु स्वभाविक भन्दै उहाँले अहिले नेतृत्व बहिर्गनको नितिबारेका बहस भने असान्दर्भिक रहेको सिंहको भनाई थियो। 

उनले केन्द्रीय समिति बैठकमा पार्टीमा लोकप्रिय भएसम्म पार्टीको आन्तरिक चुनाव र जनतामा लोकप्रिय भएसम्म आम निर्वाचन लड्न पाउनुपर्ने मत राखेका छन्।

त्यस्तै फरक सन्दर्भमा उनले सरकार गठन हुँदा भएको ७ बुँदे सहमतिकै स्पिरिटअनुसार सरकारले काम गरिरहेको पनि सिंहले बताए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .