ad ad

राजनीति


छानबिन समितिले दिएका प्रतिवेदनका तथ्यबारे समीक्षा गर्ने बेला आएको छ : मन्त्री पाण्डे

छानबिन समितिले दिएका प्रतिवेदनका तथ्यबारे समीक्षा गर्ने बेला आएको छ : मन्त्री पाण्डे

नेपालखबर
भदौ १३, २०८१ बिहिबार १३:३६, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हवाई दुर्घटना पछि बनेका छानविन समितिहरूले दिएका प्रतिवेदन तथ्य परक छन या छैनन् भन्ने विषयमा समीक्षा गर्ने बेला आएको बताएका छन्।

बिहीबार वायु सेवा सञ्चालक सेवा संघ नेपालद्वारा आयोजित हवाई सुरक्षा सम्बन्धी दुई दिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन्। नेपालको हवाई दुर्घटनापछि छानविन गर्न  बनेका समिति कत्तिको सत्य र तथ्यमा आधारित छन्? त्यसबारे समीक्षा गर्नु पर्ने बेला आएको बताए।

मन्त्री पाण्डेले भने, ‘छानबिन समिति बन्ने गरेका छन्। बनेका छानबिन समिति कत्तिको सत्य,तथ्यमा आधारित छन् त्यसको समीक्षा गर्ने बेला भएको छ।’

उनले आन्तरिक हवाई यात्रुहरूमा समेत उड्डयन क्षेत्र प्रतिको विश्वासमा क्षयीकरण भएको बताए। 

‘यदि दिएका प्रतिवेदन तथ्य परक थिए भने त्यसको कार्यान्वयन किन हुन सकिरहेको छैन उहाँले त्यसबारे सोच्नु पर्ने बेला आएको छ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .