ad ad

राजनीति


बालुवाटारमा ओली, देउवा र प्रचण्डबीच छलफल

बालुवाटारमा ओली, देउवा र प्रचण्डबीच छलफल

नेपालखबर
भदौ २७, २०८१ बिहिबार ११:५९, काठमाडौँ

प्रमुख तीन दलका शीर्ष नेताबीच बालुवाटारमा भेटवार्ता भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार बिहान बालुवाटारमा भेटवार्ता भएको हो। 

संवैधानिक परिषद्को बैठकका लागि परामर्श र समसामयिक राजनीतिक विषयमा नेताहरुबीच छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

बिहीबार बिहान साढे १० बजे बालुवाटार पुगेका प्रचण्डसँग ओलीले झण्डै २० मिनेट एक्लै वार्ता गरेपछि देउवा पुगेका थिए। 

प्रधानमन्त्री ओलीले शुक्रबार (भोलि)का लागि संवैधानिक परिषद्को बैठक बोलाएका छन्। 

शुक्रबार साँझ ५ बजे बस्ने गरी बैठक बोलाइएको हो। यसअघि बुधबारको लागि बोलाइएको परिषद्को बैठक स्थगित गरेर ओलीले शुक्रबार बस्नेगरी बैठक सारेका हुन्।  

नेपालको संविधानमा संवैधानिक परिषद्को अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ। 

त्यसैगरी प्रधानन्यायाधीश, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधि सभाको विपक्षी दलको नेता र प्रतिनिधि सभाको उपसभामुख परिषद्का सदस्य रहने संवैधानिक व्यवस्था छ।

नयाँ प्रधानन्यायाधीश सिफारिसको विषयमा छलफल गर्न शुक्रबार संवैधानिक परिषद्को बैठक बस्न लागेको हो। न्याय परिषद्ले यही भदौ २० गते नै ८ न्यायाधीशको नाम परिषद्‌मा पठाएको थियो।

कांग्रेस र एमालेले उपसभामुखबाट इन्दिरा रानालाई हटाएर संवैधानिक परिषद्मा आफ्नो बहुमत पुर्याउने तयारी अघि बढाएका छन्। त्यसको लागि रानालाई महाअभियोग लगाउने गृहकार्यमा दुई दल जुटेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .