ad ad

राजनीति


गगनलाई रविको जवाफ– प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम

गगनलाई रविको जवाफ– प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम

नेपालखबर
असोज १, २०८१ मंगलबार ११:३९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू निर्दोष रहेको बताउँदै अब गोर्खा मिडियातिर आफूलाई तान्ने प्रयास हुने बताएका छन्।

मंगलबार काठमाडौँमा पार्टीको राष्ट्रिय भेलाको उद्घाटन गर्दै उनले आफू सहकारी ठग नभएको संसदीय छानविन विशेष समितिले प्रमाणित गरेको तर्क गरे। 

यद्यपि समितिले तत्कालीन सञ्चालकको नाताले लामिछानेसहितका सञ्चालकहरुले जिम्मेवारी लिनुपर्ने भन्दै कारबाहीको सिफारिस गरेको छ। कार्यक्रममा उनले आफूलाई सहकारी ठग भन्न अब नमिल्ने भएपछि गोरखा मिडियातिर ध्यान केन्द्रित हुने पनि बताए। 

‘अब सहकारीतिरबाट गोर्खा मिडियातिरको कुरा हुन्छ। गोर्खा मिडियातिर जान्छ अब। सहकारी त सकियो अब भन्ने मिलेन सहकारी ठग। सहकारी ठग भन्नेकुरा त लगभग सकियो,’ उनले भने, ‘प्रमाण कस्तो हुन्छ भन्नेकुरा त आफ्नै केन्द्रिय नेताहरू बसेको भएर थाहा भइहाल्यो होला नि। कस्तो हुनुपर्दछ प्रमाण भन्ने त हामीले भन्नु परेन होला नि।’

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाप्रति लक्षित गर्दै प्रमाण कस्तो हुन्छ भन्नेकुरा थाहा भयो? भन्दै प्रश्न समेत गरे। 

उनले प्रमाण छ भनेको नभइ महामन्त्री थापाले प्रणाम छ भनेको भन्दै आफूले पनि प्रणाम फर्काएको टिप्पणी गरे।

‘म कसैको कटाक्ष गर्न आएको होइन। तर छुस्स त दिनुप¥यो नि। मेरा मित्र संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले सामाजिक सञ्जालमा हिजो बडो राम्रोसँग लेख्नुभयो। प्रमाण छ, प्रमाण छ भनेको होइन रहेछ, प्रणाम छ भनेको रहेछ, मेरो पनि प्रणाम छ, उहाँलाई,’ उनले भने।

सभापति लामिछानेले आफूलाई नङ्ग्याउने नाममा सञ्चारमाध्यमहरू ननाङ्गिन आग्रह समेत गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .