ad ad

राजनीति


रास्वपा कार्यालयमा आज पनि पुग्न थाले समर्थक, रविसहितका नेताहरू छलफलमा (तस्बिर)

रास्वपा कार्यालयमा आज पनि पुग्न थाले समर्थक, रविसहितका नेताहरू छलफलमा (तस्बिर)

सरोज बैजु
असोज ७, २०८१ सोमबार १६:१५, काठमाडौँ

सहकारी प्रकरणमा जोडिएका पूर्वडीआईजी छविलाल जोशी बन्जाडे पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तरंगित छ। आइतबार काठमाडौँबाट पक्राउ परेका जोशीलाई पोखरा लगेर थप अनुसन्धानको काम अघि बढाइएको छ। 

जोशी पूर्वगृहमन्त्री समेत रहेका रास्वपा सभापति लामिछानेका व्यवासयिक साझेदार हुन्। 

गोर्खा मिडियाका सञ्चालक समेत रहेका जोशी पक्राउ परेलगत्तै रवि पनि पक्राउ पर्नसक्ने आकलनसहित रास्वपाले आफ्ना समर्थकलाई आइतबार राति पार्टी कार्यालयमा उतारेको थियो। 

राति अबेरसम्म पार्टी कार्यालयमै बसेका लामिछाने १० बजेतिर सम्बोधन गरेर निस्किएका थिए।

सोमबार पनि बिहानैबाट रास्वपाका नेताहरू पार्टी कार्यालयमा भेला भएका छन्। सभापति लामिछाने पनि वनस्थलीस्थित चःमतीमै छन्। पदाधिकारीसहितका नेताहरू पनि सभापति लामिछानेसँग आन्तरिक छलफलमा छन्।

बाहिर समर्थकहरू भेला हुने क्रम बढिरहेको छ।

तस्बिरहरूः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .