ad ad

राजनीति


युरोप पठाउने भन्दै ४ महिनादेखि काठमाडौँमा बन्धक ६ बंगलादेशीको उद्धार

युरोप पठाउने भन्दै ४ महिनादेखि काठमाडौँमा बन्धक ६ बंगलादेशीको उद्धार

नेपालखबर
असोज १६, २०८१ बुधबार १८:३६, काठमाडौँ

नेपाल हुँदै युरोपका विभिन्न देशमा रोजगारीका लागि पठाउने भन्दै काठमाडौँमा ल्याएर बन्धक बनाइएका बंगलादेशी नागरिकको प्रहरीले उद्धार गरेको छ। दलालले चार महिना पहिले काठमाडौँ ल्याएर बन्धक बनाएका ६ जना बंगलादेशी नागरिकको उद्धार गरिएको प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले जनाएको छ।

उद्धार गरिएका बंगलादेशीमा मोहम्मद रहिम कोन्दोकर, सकिब अहमिद, मोहम्मद तुहिनुर स्लाम अनिक, दुलाल होसेन मुन्सी, सम्राट बैद्य र रैयान काजी रहेका छन्।

उनीहरूलाई काठमाडौँको मित्रनगरस्थित होटल न्यू डिलाइट एण्ड लजमा प्रहरीले फेला पारेको थियो। बंगलादेशी नागरिक दिपु भन्ने एसके महबुलले युरोपियन देशमा पठाइदिने भन्दै चार महिना पहिले नेपाल ल्याएको खुलेको छ।

नेपालबाट युरोप पठाउन सजिलो हुन्छ भनि बंगलादेशबाट नेपाल ल्याएर ५/६ दिनपछि युरोप पठाउने भनेर झुक्याएका थिए। 

युरोपियन देश अल्वानिया, लिथुनिया र सर्बिया पठाउने भन्दै उनीहरुबाट बंगलादेशी रकम असुल गरेर दलाल फरार भएको खुलेको छ। उनीहरूलाई भने होटल न्यू डिलाइट एण्ड लजमा राखेर अलपत्र पारेका थिए। 

पीडितहरूले भने नेपालमा जाहेरी दिन मानेका छैनन्। मानब वेचविखन अनुसन्धान ब्यूरोका अनुसार बंगलादेशी एजेन्टहरूलाई बंगलादेशको कानुन अनुसार नै कारबाहीका लागि बंगलादेश गएर उजुरी गर्ने बताएका छन्। 

बन्धक बंगलादेशीको नेपालको भिसाको म्याद पनि सकिएको छ।

थप कारबाहीका लागि राहदानीसहित अध्यागमन विभागमा बुझाइएको प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .