ad ad

राजनीति


काठमाडौँमा एक हप्ताभित्र मेलम्चीको पानी आउँछ : खानेपानीमन्त्री यादव

काठमाडौँमा एक हप्ताभित्र मेलम्चीको पानी आउँछ : खानेपानीमन्त्री यादव

नेपालखबर
असोज १६, २०८१ बुधबार १८:४०, काठमाडौँ

खानेपानीमन्त्री प्रदीप यादवले मनसुन सफा भएसँगै मेलम्चीको पानी काठमाडौँमा पथान्तरण हुने दाबी गरेका छन्।

जल तथा मौसम विज्ञान विभागले अबको दुई/तीन दिन भारी वर्षा हुने पूर्वानुमान गरेकाले मौसम सफा भएसँगै केही दिनभित्र मेलम्चीको पानी काठमाडौँमा वितरण गरिने बताए।

२०७६ सालको बाढी, पहिरोले गर्दा मेलम्चीमा ठूलो क्षति भएको र त्यसबाट स्थानीयहरू त्रसित रहेकाले केही समस्या रहेपनि सरकारले चाँडै स्थानीयका समस्या समाधान गरी काठमाडौँका नागरिकलाई पानी वितरण गर्ने जानकारी दिए।

‘२०७६ सालको बाढी,पहिरोले गर्दा मेलम्चीमा ठूलो क्षति भयो। त्यसको कारणले गर्दा वर्षातमा मुहान बन्द गर्छौँ। वर्षा सकिएपछि मात्रै पानी दिन्छौँ। तर मलाई लाग्छ मौसम विज्ञानले फेरि केही दिन कोसी र बागमती प्रदेशमा अलर्ट रहनु भनेकाले रोकेका छौँ। तर यो चेतावनी सकिए लगत्तै हामी मेलम्चीको पानी खोल्छौँ। मेलम्चीको पानी खोल्ने बित्तिकै त्यो समस्या समाधान हुन्छ,’ मन्त्री यादवले भने। 

उनले मेलम्चीको पानी खोल्ने बित्तिकै काठमाडौँ उपत्यकामा पानीको समस्या समाधान हुने उल्लेख पनि गरे। अहिले मन्त्रालयले पानी पथान्तरणका लागि पाइपमा भएका समस्याहरू डिजिटल प्रणालीबाट जाँच गरिरहेको उनको भनाइ थियो।

मेलम्चीवासीका जायज माग सम्बोधन गर्न सरकार गम्भीर रहेको र स्थानीयहरूले पनि पानी पथान्तरणका लागि कुनै समस्या सिर्जना नगर्नेमा आशावादी नरहेको बताए। 

‘त्यो भन्दाअघि पाइपको पनि डिजिटल प्रणाली छ, त्यसबाट कहाँ कहाँ पाइप फुटेको छ, कहाँ नष्ट भएको छ, त्यो हेर्ने काम गरिरहेका छौँ। तत्काल मर्मत गरेर पानी छोड्ने हामीले सोचेका छौँ। पानी खोल्नु भन्दा अगाडि एउटा ठूलो महाभारत छ। त्यो भनेको मेलम्चीका स्थानीयहरूको आन्दोलन,’ यादवले अघि भने, ‘त्यहाँ बाढी, पहिरो पीडितहरूको आन्दोलन छ। त्यसले समस्या गरेको छ, कर्मचारी त्यहाँ जानुभएको छ। उहाँहरूको केही कुरामा विमति छ, त्यसमा मन्त्रालय गम्भीर छ। उहाँहरूको जायज मागमा सम्बोधन गर्नेतर्फ हामी लागेका छौँ। पानी छोड्न उहाँहरुले कुनै कठिनाइ गर्नुहुन्न भन्ने मलाई विश्वास छ। दुई तीन दिनपछि पानी खोल्नेछौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .