ad ad

राजनीति


पोखरेलको जिकिर: ओलीले अंग्रेजी नआएर ‘डाँफेज्’ र ‘गैँडाज्’ भनेका होइनन्

पोखरेलको जिकिर: ओलीले अंग्रेजी नआएर ‘डाँफेज्’ र ‘गैँडाज्’ भनेका होइनन्

फाइल तस्बिर: प्रधानमन्त्री केपी शर्मा ओली र एमाले महासचिव शंकर पोखरेल


नेपालखबर
असोज १८, २०८१ शुक्रबार १०:४५, काठमाडौँ

हालैको अमेरिका भ्रमणमा प्रधानमन्त्री केपी शर्मा ओलीले  ‘डाँफेज् एन्ड गैँडाज्’ भनेपछि अंग्रेजी नजानेको भनी नेपालमा उनको खिसीटिउरी गर्ने क्रम जारी छ। 

यसैबीच नेकपा एमालेका महासचिव शंकर पोखरेलले भने आफ्ना अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको प्रतिरक्षा गरेका छन्। 

शुक्रबार बिहान फेसबुकमा स्टाटस लेख्दै महासचिव पोखरेलले डाँफे र गैँडालाई अंग्रेजीमा समेत नेपाली नामबाटै सम्बोधन गर्ने चलन बसाउने प्रयासअनुरूप प्रधानमन्त्री ओलीले अमेरिकामा ‘डाँफेज्’ र ‘गैँडाज्’ शब्द प्रयोग गरेको जिकिर गरेका हुन्। 

‘अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्रीले अंग्रेजी भाषणमा डाँफेज् र गैडाज् शब्द प्रयोग गर्नुभएको सन्दर्भमा सामाजिक सञ्जालमा प्रधानमन्त्रीलाई ती शब्दको अंग्रेजी नआएको भनेर उडाउने प्रयास भइरहेको छ। त्यस विषयमा सामाजिक सञ्जालमा एक प्रकारको बहससमेत चलाउने प्रयास भइरहेको छ’, एमाले महासचिव पोखरेलको तर्क छ, ‘तर प्रधानमन्त्रीले केही समय पहिले नेपालमा नै अंग्रेजी माध्यममा पढ्ने विद्यार्थीहरूलाई सम्बोधन गर्ने क्रममा नै डाँफे र गैँडालाई अंग्रेजीमा समेत नेपाली नामबाटै सम्बोधन गर्नु उचित हुने विषय उठाउनुभएको थियो। उहाँको अमेरिका भ्रमणका सन्दर्भमा प्रयोग गरिएको सो शब्दलाई सोही परिप्रेक्ष्यमा बुझ्नुपर्दछ। यद्यपि उहाँको त्यो विचारले अहिले नै मान्यता पाइहाल्छ भन्ने होइन। तर ज्ञान सिद्धान्त निर्माणमा पश्चिमाकरणको मान्यता मात्र ठीक भन्ने बौद्धिक मत उचित होइन। विश्वज्ञान सिद्धान्तको विकासमा एसियाली दृष्टिकोण आवश्यक छ भन्ने सत्यलाई बुझ्नु पर्दछ र त्यसलाई स्थापित गर्न निरन्तर प्रयास गर्नुपर्दछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .