ad ad

राजनीति


अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु : खानेपानी मन्त्री यादव

अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु : खानेपानी मन्त्री यादव

नेपालखबर
असोज २१, २०८१ सोमबार १५:१३, काठमाडौँ

खानेपानी मन्त्री प्रदीप यादवले मेलम्ची खानेपानीको अवरोध खुलाउन मेलम्चीका स्थानीयहरूको घरमा नै पुगेर अनुरोध गर्ने बताएका छन्।

मन्त्री यादवले दक्षिणकालीका जनतालाई आफूले घरमा नै पुगेर बिन्ती बिसाएपछि खानेपानी सहज रुपमा नख्खु क्षेत्रमा ल्याएको भन्दै विपद्को समयमा मेलम्ची पनि स्थानीयहरूको घरमा नै पुगेर अवरोध हटाउन आग्रह गर्ने बताएका हुन्। 

मेलम्चीका स्थानीयहरूले चार वटा मागसहित अवरोध गरिरहेको भन्दै सरकारले वार्ताको माध्यमबाट समाधान गर्ने उनको भनाइ थियो। 

‘बाढी पहिरोको क्षति,स्थानीय गाउँपालिकाको भवन बनाउनु पर्ने, सीएमसी ठेकदारले स्थानीय व्यापारीको पैसा भागेकाले पैसा दिनुपर्ने र सडक बनाउनुपर्ने माग छ। स्थानीयहरूसँग वार्ता चलिरहेको छ। वार्ता सहमतिको नजिकमा छ। मेलम्चीका स्थानीयहरूले विपद्को बेलामा साथ दिनुहुन्छ भन्ने आशा छ,’ मन्त्री यादवले भने, ‘अहिले आन्दोलन गर्ने बेला होइन एक अर्कालाई सहयोग गर्ने बेला हो। सरकारलाई सहयोग गर्न अनुरोध गरेको छु। वार्ताबाट सहज रुपमा पानी खोल्ने विषयमा सहमति भयो भने भयो नभए मेलम्चीका स्थानीयहरूको घरमा नै जान्छु।’

अहिले आन्दोलन गर्ने बेला नभई एक अर्कालाई सहयोग गर्ने समय रहेको बताउँदै उनले बाढी पहिरोले खानेपानीमा मात्रै करिव साढे ३ अर्बको क्षति पु¥याएको जिकिर गरे। काठमाडौँ उपत्यकाका खानेपानी संरचनामँ पनि धेरै क्षति गरेको उनले बताए। 

‘बाढी पहिरोले खानेपानीमा मात्रै करिब साढे ३ अर्बको क्षति पुर्‍याएको छ। अझै डाटा संकलन गर्ने काम गरिरहेका छौँ। काठमाडौँ उपत्यका खानेपानीमा पनि धेरै क्षति गरेको छ। महांकाल चौरमा भएका मेसिनरी वस्तुहरू सबै क्षति भएको अवस्था थियो। कीर्तिपुरको सुन्दरीघाट ट्रान्समिसन र पम्प लगायत मेसिनरी सबै सामान ध्वस्त बनाएको अवस्था छ। नख्खुको सबै पम्प हाउस बगाएको थियो। पनौतीमा खानेपानीका दुई किलोमिटर पाइप बगाएको छ। महोत्तरीमा पनि क्षति भएको छ। पहाडी जिल्लामा पनि क्षति भएको छ,’ यादवले भने, ‘अहिलेको संरचनाले काम गर्न सक्ने अवस्था छैन। विपद् व्यवस्थापनबाट काम गर्ने तयारी गरेका छौँ। केही समयपछि क्षति भएका संरचनाहरू पुननिर्माण हुन्छन्। सरकारले तत्कालको लागि काठमाडौँ उपत्यका खानेपानीले पनि धेरै मेसिन खरिद गरेको छ। मर्मत गरेर चल्ने मेसिनहरूलाई चलाउने प्रयास पनि गरिरहेका छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .