ad ad

राजनीति


काभ्रेमा बाढीपहिरो प्रभावितसँगको भेटपछि गृहमन्त्रीले भने- विकास र विपत्तिमा राजनीति हुँदैन

काभ्रेमा बाढीपहिरो प्रभावितसँगको भेटपछि गृहमन्त्रीले भने- विकास र विपत्तिमा राजनीति हुँदैन

नेपालखबर
असोज २१, २०८१ सोमबार १५:२७, काठमाडौँ

गृहमन्त्री रमेश लेखकले बाढीपहिरोबाट क्षतिग्रस्त काभ्रेको पनौती नगरपालिका–१२ भूमेडाँडा र बेथानचोच गाउँपालिका–४ चलालको निरीक्षण गरेका छन्।

पहिरो प्रभावित क्षेत्रको निरीक्षणपछि दिउँसो जिल्ला प्रशासन कार्यालय काभ्रेको बैठकमा गृहमन्त्री लेखकले तीनवटै सरकार मिलेर काम गर्नुपर्ने बताए। 

‘भारी वर्षाबाट सिर्जित बाढी–पहिरोबाट जन–धनको ठूलो क्षति भएको छ। संघीयता र स्थानीय तहको आवश्यकता विपत्तका बेला महसुस भएको छ। संघीय, प्रदेश र स्थानीय तहको सरकार मिलेर काम गर्दा विपत्तिको सामना गर्न सजिलो हुन्छ। तीन वटै सरकारको विपत्तिमा काम गर्नुपर्ने जिम्मेवारी छ। तीन तहकै सरकारबिच समन्वय गरेर अगाडि बढ्नुपर्छ,’ उनले भने। 

साथै, गृहमन्त्री लेखकले विकास र विपत्तिमा राजनीति नहुने पनि जिकिर गरे।

‘विकास र विपत्तिमा राजनीति हुँदैन। सबैले मिलेर काम गर्नुपर्छ। पीडामा रहेका मानिस राहत दिन सबै लाग्नुपर्छ। खोजी र उद्धारको काम जारी रहेको भन्दै अब राहतको व्यवस्था गराउने अवस्थामा छौँ,’ उनले भने। 

बाढी पहिरोबाट काभ्रेमा ७८ जनाको मुत्यु भएको छ।

मृत्युुका परिवारलाई दुई लाख क्षतिपूर्ति दिने काम भएको भन्दै घरबार विहीनहरूलाई अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको २५ हजार दिने काम भएको उनले जानकारी गराए। 

‘स्थानीय तहले लाभग्राही पहिचान गरेको तीन दिनमा पहिलो किस्ता उपलब्ध गराइन्छ। घाइतेको निःशुल्क उपचार हुन्छ। काभ्रेका बाढी–पहिरो प्रभावितलाई थप पालिका वा वडालाई संकटग्रस्त घोषणाका लागि सिडिओले सिफारिस गर्नुहुन्छ। सडक सञ्जाल टुटेका पालिकामा हेलिकप्टरबाट राहत उपलब्ध गराइनेछ,’ उनले भने। 

बाढी–पहिरो प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .