राजनीति


अध्यक्ष ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकलाई लिएर रामकुमारी झाँक्रीले गरिन् यस्तो टिप्पणी

अध्यक्ष ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकलाई लिएर रामकुमारी झाँक्रीले गरिन् यस्तो टिप्पणी

नेपालखबर
असार १८, २०७८ शुक्रबार ०:२५,

एमालेकी नेतृ तथा सांसद रामकुमारी झाँक्रीले अध्यक्ष केपी ओलीले आज (शुक्रबार) का लागि बोलाएको केन्द्रीय कमिटी बैठकलाई गुटको भेला भन्दै बिरोध गरेकी छन्।

सामाजिक सञ्जाल ट्वीटरमार्फत झाँक्रीले आफूहरुले उठाउँदै आएका राजनीतिक र सांगठानिक मुद्धाको सम्बोधनबिना बैठकमा उपस्थित हुने कुरै नआउने स्पष्ट पारेकी छन्।

‘भ्रममा नपरौ भोली असार १८ गते नेकपा एमालेको नाममा आयोजना गर्ने भनिएको बैठक गुटको बैठक हो,’ बिहीबार राति उनले ट्वीट गर्दै भनेकी छन्, ‘हामीले उठाएका राजनीतिक र सांगठनिक मुद्धाको सम्बोधनबिना उक्त बैठकमा सहभागी हुने कुरै आउँदैन। आज बसेको हाम्रो स्थायी कमिटीको बैठकले उक्त बैठकमा नजाने निर्णय गरेको छ।’

माधव नेपाल पक्षले बिहीबारको कार्यदल बैठकमा अध्यक्ष ओलीले आजका लागि बोलाएको एमालेको केन्द्रीय कमिटी बैठक स्थगित गर्न आग्रह गरेको गरिसकेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .