ad ad

राजनीति


ममता बेनर्जीको शासनमा गोर्खा सबैभन्दा बढी असुरक्षितः सांसद विष्ट

ममता बेनर्जीको शासनमा गोर्खा सबैभन्दा बढी असुरक्षितः सांसद विष्ट

शैलेन्द्र समदर्शी
भदौ १९, २०७६ बिहिबार १२:३८,

दार्जिलिङका सांसद राजु विष्टले पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीको शासनमा गोर्खा जाति सबैभन्दा बढी असुरक्षित रहेको दावी गरेका छन्।

बिहीबार दिल्लीबाट आफ्नो संसदीय क्षेत्र दार्जिलिङ आइपुगेका विष्टले मुख्यमन्त्री बेनर्जीले गोर्खा समुदायमा अन्याय गरेको आरोप लगाए। ‘ममता बेनर्जीको सरकारमा गोर्खाहरूमाथि सबैभन्दाम बढी अन्याय र अत्याचार भएको छ’, सांसद विष्टले भने, ‘ममता सरकारमा गोर्खा जाति बंगालमा सुरक्षित छैन।’

 बंगालमा राष्ट्रिय नागरिक पञ्जी (एनआरसी) लागू भए मात्र गोर्खाहरू सुरक्षित रहने उनको दावी थियो। उनले आसममा एनआरसीबाट एकै जना गोर्खा पनि नछुट्ने ठोकुवा गरे।

‘दार्जिलिङ पहाड़, तराई–डुबर्सका गोर्खालगायत अन्य जातिहरू एनआरसी लागू भए मात्र सुरक्षित छन्। उनीहरूका लागि एनआरसी लागू हुनु फाइदाको कुरा हो’, सांसद विष्टले थपे, ‘यसैले यहाँका नागरिकहरू एनआरसीको पक्षमा छन्।’

अर्कोतिर उनले गोर्खा जनमुक्ति मोर्चा (दोस्रो गुट)का अध्यक्ष विनय तामाङको पनि कड़ा शब्दमा आलोचना गरे। विष्टले विनय तामाङले ममता बेनर्जीकै चाप्लुसी गर्नका लागि एनआरसीको विरोध गरिरहेको आरोप लगाए।

‘ममता बेनर्जीको ‘लेफ्ट–राइट’ हिँड़िरहने विनय तामाङको कुरा दार्जिलिङ पहाड़मा कसले सुन्छ? आफ्नै घर आँगनको बुथ जित्न नसक्ने उनको कुरा कसले पत्याउँछ?’, सांसद विष्टले थपे, ‘विनय तामाङ आफू गोर्खा भएर ममतासँग मिलेर गोर्खा जातिमाथि जति अन्याया–अत्याचार गरेका छन्, त्यति अन्याय–अत्याचार आजसम्म कसैले गरेका छैनन्।’

बिहीबार दार्जीलिङ आइपुगेका सांसद विष्ट केही दिन आफ्नो निर्वाचन क्षेत्रमा रहने छन्। यसअवधि विष्टले विभिन्न क्षेत्रको भ्रमण गर्ने तथा सांगठनिक कार्यक्रम भाग लिने कार्यक्रम रहेको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .