ad ad

राजनीति


डडेल्धुरामा देउवालाई अग्रता, कर्ण मल्ल र सागर ढकाल पछि पछि

डडेल्धुरामा देउवालाई अग्रता, कर्ण मल्ल र सागर ढकाल पछि पछि

नेपालखबर
मंसिर ५, २०७९ सोमबार १७:८, काठमाडौँ

डडेल्धुरामा जारी प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ मतगणनाको प्रारम्भिक नतिजा बाहिरिएको छ। 

प्रारम्भिक नतिजाअनुसार २ सय गणना हुँदा प्रधानमन्त्री शेरबहादुर देउवालाई कुनै बेलाका आफ्नै सहयोगी कर्णबहादुर मल्ल चुनौतीका रुपमा देखिएका छन्। 

प्रधानमन्त्री देउवाले ८८ मत ल्याउँदा मल्लले ५९ मत पाएका छन्। उनी नेपाली कांग्रेस बीपीबाट उम्मेदवार छन्। 

देउवा चौथो पटक प्रधानमन्त्री हुँदा एक टीभी कार्यक्रममा राखेको प्रश्नका कारण चर्चामा आएका गुल्मीका सागर ढकालले ४२ मत प्राप्त गरेका छन्। 

अहिले परशुराम नगरपालिका र नवदुर्गाको मत गणना भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .