नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उम्मेदवार रहेको झापा क्षेत्र नम्बर ५ को मतपरिणाम अहिलेसम्म सार्वजनिक गरिएको छैन।
सोमबार मध्यान्ह १२ बजेदेखि गणना थालिए पनि अहिलेसम्म मतपरिणाम सार्वजनिक नगरिएको हो।
६ हजार वटा मतपत्र गनेर सकिएको बताउँदै निर्वाचन अधिकृत डम्बर काफ्लेले केही बेरमा सार्वजनिक गर्ने जानकारी दिए।
सामाजिक सञ्जालमा भाइरल त्यहाँको परिणामको अनुमानित पोस्ट भाइरल गरिपछि निर्वाचन अधिकृतको कार्यलयले आपत्ति जनाएको छ ।
कार्यलयले एक सूचना निकालेर अपरान्ह ४ बजेसम्म कुनै परिणाम सार्वजनिक नगरिएको जनाएको छ।
कार्यलयले आफ्नो फेसबुक पेज ‘निर्वाचन अधिकृतको कार्यलय झापा क्षेत्र नं. ५’ मार्फत फेसबुक पेज, निर्वाचन आयोगको वेबसाइट र कार्यलयबाट आएको इमेललाई मात्र आधिकारिक मान्न भनेको छ।
48
Shares
प्रतिक्रिया