पाल्पा क्षेत्र नम्बर २ मा नेकपा एमालेका ठाकुर गैरेले अग्रता बढाउँदै लगेका छन्।
जारी मतगणनामा गैरेले पाँच ६५७ मत ल्याइसकेका छन्। त्यहाँ सत्ता गठबन्धनको साथ पाएका एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेले चार हजार ३३६ मत ल्याएका छन्।
पाण्डे एक वर्षअघिसम्म एमालेमै थिए। तर उनी एमाले छाडेर समाजवादीतिर लागेपछि अध्यक्ष केपी शर्मा ओलीले गैरेलाई अवसर दिएका थिए।
पाण्डे निरन्तर उठिरहँदा गैरेले यसअघि अवसर पाउने गरेका थिएनन्। तर पहिलो पटक संसदमा परीक्षण हुँदा नै राम्रो मतसहित उनले अग्रता बनाइरहेका छन्।
330
Shares
प्रतिक्रिया